२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भूकम्पपछि के के भयो गोरखामा ?

विनासकारी भूकम्प गएको पाँच वर्ष बित्यो। २०७२ बैशाख र अहिले २०७७ बैशाख गोरखाको लागि भिन्न छ। भूकम्पको दिन स्मरण गर्दा अहिले पनि मुटु हल्लिन्छ। उनीहरुले भत्किएको ध्वस्त भग्नाबशेष देखाएर भूकम्पको क्षती सम्झने दिन अहिले छैन। कारणः भूकम्पपछि ध्वस्त भएका गाउँ अहिले पक्की संरचनामा जुरुक्क उठेको छ।

रसुवाको उत्तरगयामा बसिरहेका ४ सय ९८ विस्थापित परिवारलाई चामल वितरण

भूकम्पको कारण विस्थापित भएर जिल्लाको उत्तरगया गाउँपालिकाको विभिन्न स्थानमा बसिरहेका परिवारलाई गाउँपालिकाले चामल उपलब्ध गराएको छ। गाउँपालिकाको वडा नम्बर १ को खाल्डे, गोगने, तिरुलगायतका क्षेत्रमा ७ सय भन्दा बढी विस्थापित परिवार रहेका छन्।

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो।

३७ गुम्बा पुननिर्माण रोकियो

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा भत्किएका गुम्बाहरु पुनर्निर्माण नहुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्दी्रय कार्यालयले चालु वर्ष ३७ वटा गुम्बा गोरखामा निर्माण गर्ने योजना बनाएको थियो।

'घर बनाउन समय तोक्ने पैसा चाँही रोक्ने'

‘घर बनाएर सकेको तीन महिना भयो, भूकम्पको तेस्रो किस्ता लिन धाएको दुई पटक भो, अहिले पनि पैसा छैन भनेर फर्काउँछन्’ गोरखा नगरपालिका वडा नम्बर ९ का हरी खत्रीले भने। ‘घर बनाउन चाँही समय तोक्ने बनाएपछि पैसा छैन भन्दै रोक्ने?’ पुनर्निर्माण प्राधिकरण अन्र्तगतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईमा भेटिएका उनले गुनासो गर्दै भने।

दुई कोठेको सास्ती, जीर्ण घरमै सुत्दै भूकम्प पीडित

निजी आवास पुनर्निर्माणको काम ओखलढुंगामा अन्तिम चरणमा पुगेको छ।अधिकांशले दुईकोठे भूकम्प प्रतिरोधी घर बनाएका छन्। पुनर्निर्माणपछि तयार भएको दुई कोठेमा मात्रै सिमित हुँदा लाभग्रहीहरू सास्ती भोग्न परेको छ। कतिपयले पुराना जीर्ण घर भत्काएका छैनन्। भूकम्प प्रतिरोधी बनेको दुई कोठे घरले आवश्यकता पूरा नगरेकाले लाभग्रहीहरुले पुराना घर नभत्काई राखेका हुन्। नयाँ बनेको दुईकोठे घरमा पाहुँना सुताएर परिवारका सदस्यहरू चर्किएको पुरानै घरमा जोखिम मोलेर बस्न बाध्य छन्। भूकम्पले घर भत्केकाहरूले दुई कोठेसंगै अर्को नयाँ घर धमाधम बनाउदै छन्।

विस्थापित स्थानान्तरण समस्या यथावत्

रसुवाको उत्तरगया गाउँपालिका–१ गोगनेका पूर्णबहादुर घले विस्थापित भएर उत्तरगया–५ खाल्डे बगरस्थित अस्थायी शिविरमा बस्न थालेको पाँच वर्ष हुन लाग्यो। तर उनले अझै स्थायी घर बनाएर कहाँ बस्ने टुंगो लगाउन सकेका छैनन्। जग्गा खोज्ने कार्य जारी छ। जग्गा अझै मिलेको छैन।

सालको पात बेचेर जीवन गुजार्दै ६२ वर्षिया महिला

पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाएकी छिन्।

अनुदान बुझेर पनि बनाएनन् छानो

भूकम्पपीडितले भूकम्पको पूरै अनुदान बुझेर पनि घर निर्माणको काम पूरा गरेका छैनन्। सिन्धुली जिल्लामा हालसम्म २२ हजारभन्दा बढीले भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास बनाउन उपलब्ध गराइने तेस्रो किस्ताबापतको रकम बुझे पनि घरको छाना हालेका छैनन्।

सिन्धुलीका भूकम्प पीडितलाई ९ अर्ब ९ करोड बढी अनुदान वितरण

भूकम्प प्रतिरोधी घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा नौ अर्ब ९ करोड बढी रुपैयाँ अनुदान वितरण गरेको छ। २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि पीडितलाई ९ अर्ब बढी रकम वितरण भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

७९ प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता

जिल्लामा भूकम्प पीडित लाभग्राही सूचिमा ७७ हजार ४२ समावेश भएका थिए। त्यसमध्ये अहिलेसम्म ६१ हजार ५३ पीडित परिवारले तेस्रो किस्ता प्राप्त गरेका छन्।

टर्कीमा भूकम्प, सातको मृत्यु

टर्कीमा भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुका अनुसार मृत्यु भएकामध्ये तीन बालबालिका रहेका छन्।

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएका छन्। बाँकी आठवटा भवन नयाँ बनको छन्।

ठडिए सरकारी कार्यालय

बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका प्रशासनिक केन्द्र सदरमुकाम चौताराका सरकारी कार्यालय ठडिएका छन्। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सदरमुकाममा २१ सरकारी कार्यालय बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्