६ आश्विन २०८१ आइतबार
image/svg+xml

रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्याउन स्थानीय सरकारको आह्वान

गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन्।

रास्वपा सांसद डा.कार्कीसहितको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

भूकम्प पिडितका लागि एमाले मधेशले ३ लाख सहयोग गर्ने

जाजरकोट,रुकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएकाे बताएको छ।

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन्।

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ।

जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न विश्वभरका नेपालीलाई पूर्वउपराष्ट्रपति पुनको आग्रह

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले जाजरकोट केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न विश्वभर रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।

सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ।

सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि १ करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ।

भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्