१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ।

गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ।  गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो।

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

बौद्ध भिक्षु माथ्यु रिकार्ड (७२) लामो समयदेखि ‘माइन्डफुलनेस’ ध्यान अभ्यासकर्ता हुन् । ध्यानकै कारण उनको मस्तिष्कमा आमूल परिवर्तन आएको वैज्ञानिक तथ्यबाट पुष्टि भएको छ । त्यही परिवर्तनले उनलाई आज ‘संसारकै खुसी’ व्यक्तिको पहिचान दिएको छ ।

स्तनको कस्मेटिक सर्जरी:सौन्दर्यको कडी

स्तनको सर्जरी दुई तरिकाले गरिन्छ । एउटा कस्मेटिक सर्जरी । अर्को हो, रिकन्स्ट्रक्टिभ सर्जरी । सरकारी अस्पतालमा स्तनमा सिलिकन (इम्प्लान्ट) राखेर कस्मेटिक सर्जरी गर्दा करिब एक लाख पचास हजार लाग्छ । स्तनको आकार अनुसार रकम थपघट हुनसक्छ । भारत लगायतका देशबाट सिलिकन ल्याइन्छ । एक जोडी सिलिकनको करिब एक लाख २५ हजार पर्छ ।

गाउँमै पाए ४४४ जनाले नागरिकता

जिल्ला प्रशासन कार्यालय खोटाङले दिप्रुङ गाउँपालिकाका चार सयभन्दा बढी नागरिकलार्ई गाउँमै गएर नागरिकता वितरण गरेको छ। बिहीबार दिप्रुङ गाउँपालिका–२ डाँडागाउँमा, शुक्रबार दिप्रुङ गाउँपालिका–५ स.छितापोखरीमा र शनिबार दिप्रुङ गाउँपालिका–४ बतासेमा घुम्ती शिविर सञ्चालन गरेर प्रशासनले चार सय ४४ जनालाई नागरिकता प्रदान गरेको हो।

साकुरा समय (फाेटो फिचरसहित)

जापानमा वसन्तयाममा साकुरा फुल्छ । चैतको दोस्रो साता यस्तै साकुरा हेर्न पाइयो । साकुरा हेर्न धेरै अघिदेखि मन भए पनि यसपाला बल्ल जुर्यो ।

वातावरणका मुद्दामा नागरिकको प्राथमिकता उच्च

नागरिक र यसका सहप्रकाशनहरुले वातावरणका मुद्दालाई उच्च प्राथमिकतामा राखेको एक अध्ययनले देखाएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सन् २०१८ को जनवरीदेखि मार्चसम्म गरेको अध्ययन अनुसार नागरिक दैनिक, रिपब्लिका दैनिक र यसका सहप्रकाशनहरुले वातावरणीय मुद्दाहरुलाई उच्च प्राथमिकता दिएको देखाएको छ ।

नागरिक आन्दोलनलार्इ फर्किएर हेर्दा

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते असंवैधानिक रुपले राज्यसत्ता कब्जा गरे। उनले सत्ता मात्रै कब्जा गरेनन्, संविधानले प्रदत्त गरेका मौलिक हकलाई समेत बन्देज लगाए। त्यो बेला मुलुक एकातर्फ ‘जनयुद्ध’ले थिलथिलो परेको थियो । अर्काेतर्फ राजाको असंवैधानिक र निरंकुश कदमले जनतामा तत्कालीन राजा ज्ञानेन्द्र र सात दलप्रति चरम असन्तुष्टि र वितृष्णा थियो । राजनीति दलप्रतिको वितृष्णाकै कारणले जनताले राजनीतिक दललाई पत्याउँदैनथे।

राष्ट्रको गौरव र सम्मान

गएको चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् सम्बोधनका क्रममा बग्गीयात्राको समाचारले भाइरल रुप लियो । केही अनलाइन र अखबारहरुले राष्ट्रपति भण्डारीको सम्बोधन कार्यक्रमअघि र पछि रिसल्ला यात्रा भएको र त्यसले सर्वसाधारण सकसमा परेको समाचारको आशय थियो । समाचारमा राष्ट्रप्रमुखको यस किसिमको यात्रालाई निकै निम्नस्तरको भाषा प्रयोग गरिएको थियो ।

सपना

वीरगञ्जबाट काठमाडौं आउनु थियो । त्यो बेला हेटौँडा, भीमफेदी हुँदै बल्खु आउने बाटो अहिलेजस्तो सहज थिएन, न त जानु नै । गाडी ठूलो थियो, ससाना बाधा मेरो गाडीका लागि ठूलो थिएन । त्यसमाथि एडभेन्चर गर्ने रहर पनि पलाएको थियो । त्यसैले काठमाडौँ, बल्खु हुँदै म कच्ची बाटो हेटौँडा जान तम्सिएकी थिएँ ।

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन्।

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

नेपाल रिपब्लिक मिडिया मंगलबारबाट ९ वर्ष पूरा गरी दशौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्यािउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

नागरिक नायक घोषणा हुँदै

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औं वर्ष प्रवेशको अवसरमा होटल सोल्टीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। केहीबेरमा सुरु हुने विशेष कार्यक्रममा नागरिक नायक घोषणा हुने छन्। हामीले नागरिक नायक घोषणा समारोहको प्रत्यक्ष प्रशारण गर्नेछौं। प्रत्यक्ष प्रशारण केहीबेरमा सुरु हुने छ।

दशौं वार्षिकोत्सवमा विशेष कार्यक्रम, साँझ नागरिक नायक घोषणा

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्दै मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्