२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं– नेपाल रिपब्लिक मिडिया मंगलबारबाट ९ वर्ष पूरा गरी दशौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पर्याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गरिएको छ। 

१० औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा नागरिक नायक (दानविर दम्पती) श्रीजंग(रुद्रकुमारी शाह, भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय दिनेश तामाङ एवं काठमाडौंको घरपरिवार त्यागेर कठोर संघर्षकाबीच १३ वर्षदेखि डोल्पामा शिक्षाको ज्योति बाड्न सक्रिय ‘घाङजोङ सर’ अर्थात् ‘हिमाली सर’ विनोद शाहीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरे।

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई सम्मान गर्दै तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने गर्छ। यस्ता व्यक्ति र संस्थाबारे प्रचार प्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने अभियान नै नागरिक नायक सम्मान हो।

प्रकाशित: ११ वैशाख २०७५ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App