११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नागरिकताको गम्भीरता

नागरिकतासम्बन्धी व्यवस्था नेपाली समाजको स्थापित चरित्रको मूल्यबोधसँग सम्बन्धित छ। तत्कालीन राजनीतिक दलहहरूले तथाकथित राजनीतिक सहमतिका नाममा नयाँ कानुन जारी गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइमा २०४६ सम्ममा तराईमा जन्मिएकाहरूलाई नागरिकता दिने भन्ने गम्भीर राष्ट्रघाती निर्णय गराई ४० लाख भारतीयहरूलाई नेपाली नागरिकता बाँडे। जन्मको आधारमा नागरिकता दिन भनेर ३ जनाको सिफारिस समिति बनाउने भन्ने नौटंकी रची जन्मको प्रमाणविना खुरुखुरु भारतीय योजनामै राष्ट्रप्रति गद्दारी गर्दै नागरिकता वितरण गरियो।

संसदीय समितिको छलफल सांसदले फेसबुक लाइभ गरेपछि...

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।

पासपोर्टमा अंकुश लगाउँदै सरकार

नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो।

वादी समुदायका धेरै युवा नागरिकताविहीन

बाबुको पत्ता नलाग्दा वा वास्तविक बाबुले मेरो सन्तान हो भनेर स्वीकार नगर्दा वादी समुदायका धेरै युवा नागरिकताविहीन बनेका छन्। सो समुदायबारे छुट्टै अध्ययन नभएकाले सङ्ख्या यकिन नभए पनि नागरिकताविहीन युवाको सङ्ख्या बढ्दै गएको वादी समुदाय उत्थान समितिले जनाएको छ।

नागरिक फ्रन्टलाइनः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा

नागरिक फ्रन्टलाइनः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा

क्यानेडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

करिब सय जना पूर्वकूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानेडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन्। चीन सरकारले दुई क्यानेडेली नागरिकलाई चीनविरुद्ध गुप्तचरी गरेको आरोपमा पक्राउ गरेको छ। चिनियाँ सुरक्षाविरुद्धमा सूचना चुहाएको भन्दै चीनले उनीहरुलाई थुनामा राखेको हो।

देशमा उद्योग बढे समृद्धि सम्भव

८९ वर्षको बुढ्यौलीमा पनि गणेशभक्त साखः सक्रिय छन्। सक्रियता किन ? उनी भन्छन्, ‘एक्टिभ भएन भने त लाइफ डल भएर जान्छ।’ एक्टिभ भएपछि फूर्ति आउँछ, काम गर्न मन लाग्छ। त्यत्तिकै के बस्ने भन्ने हुन्छ। छोराहरूले बिजनेसको सबै काम गर्छन्। उनी भन्छन्, ‘म अफिस जान्छु, भेटघाट गर्छु, गफसफ गर्यो घर फर्कियो। गणेशभक्तको व्यापार, व्यवसाय पारिवारिक विरासत हो।

किन घटिरहेको छ सेयर बजार ?

वैशाखदेखि असोज महिनासम्मको सिजनलाई सेयर बजारको सिजन मानिन्छ। विगत १४–१५ वर्षको इतिहास फर्केर हेर्दा पनि यही देखिन्छ। ढिलोमा वैशाख महिनाबाट सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनापछि बाहिर निस्कनु उपयुक्त मानिन्छ तर यो वर्ष भने सेयरको सिजनमा समेत लगानीकर्ताको ऊर्जा र उत्साह देखिएन।

मितव्ययिताको मानक

निर्णयको कार्यान्वयनले संस्था र व्यक्तिप्रतिको विश्वास बढ्छ। त्यसमा पनि सरकारले गर्ने निर्णय र त्यसको कार्यान्वयनले नागरिकमा बढ्ता भरोसा जाग्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बन्ने बेलामा यस्तै भरोसाका अनेकन् पुरियाहरू बाँडिएको थियो।

४० किलो चरेशसहित २ भारतीय पक्राउ

कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ, तीन बालकको उद्धार

बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

पुनः सन्दर्भीकरण

सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमानले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए।

कृष्टि केसीको फ्यान म

मलाई ठूलो खाल्को झोला मन पर्छ किनभने हामी छोरी मान्छेको सामान धेरै हुनाले ठूलो झोलामा धेरै सामान अटाउने गर्छ। त्यसैले प्रायः म बाहिरतिर कतै जानु पर्यो भने ठूलो झोला नै बोक्छु। मोबाइल र पर्स बोक्न सजिलोका लागि ठूलो झोला बोक्ने गरेकी हुँ।

‘भुतसँग गफ गर्छु...’

मलाई बिजनेस गर्न मन लाग्छ। सायद म यतिखेर बिजनेस गरिहेकी हुन्थेँ होला। मिस नेपाल २०११ बनेपछि नेपाली फिल्ममा अफर आयो। जस कारण मैले केही फिल्महरु गरेँ। फिल्ममा नआएकी भए तपाईंहरुले मलाई बिजनेश गरिरहेको पाउनुहुन्थ्यो।

नागरिक लगानी कोषको कार्यालयमा आगलागी

नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ। नयाँ बानेश्वर स्थित कार्यालयमा शनिबार दिउँसो आगलागी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्