११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कांग्रेस अब गगन थापाको पुस्तामा जान्छः मीनेन्द्र रिजाल (भिडियाे)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले आगामी १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार राजाराम गौतमसँग कुरा गर्दै नेता रिजालले आम नागरिकमा कांग्रेसप्रतिको आशा जगाउन नेतृत्व परिवर्तन अतिआवश्यक रहेको बताए। १४ औं महाधिवेशनबाट सभापति र वरिष्ठ नेताहरुलाई सम्मानपूर्वक विदाई गर्ने र युवालाई जिम्मा दिनुपर्ने उनको भनाई छ।

नागरिक फ्रन्टलाइनः कांग्रेस केन्द्रीय सदस्य तथा सांसद - डा. मिनेन्द्र रिजाल

नागरिक फ्रन्टलाइनः कांग्रेस केन्द्रीय सदस्य तथा सांसद - डा. मिनेन्द्र रिजाल

युवाको दायित्व, दायित्व र नागरिक समाज

भविष्यका चुनौती सामना गर्नुपर्ने युवाहरू निहित स्वार्थ र वर्गीय मुनाफामा बरालिने मुलुकको ग्रहदशा उचित छैन भनी आकलन गर्नका लागि कुनै ज्योतिषीको आवश्यकता पर्दैन। संसद्मा स्पष्ट बहुमत नभई देशको विकास हुन कठिन छ भन्नेहरूलाई वर्तमान सरकारको कार्यशैलीले दरो प्रहार गर्दो छ।

मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य : दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले सिरहा आउँदा माइती आएजस्तो अनुभूति हुने बताएका छन्। ०७० सालको संविघानसभा निर्वाचनमा मधेसको मधेसको सिरहा जिल्लावासीले जिताएर संविधानसभामा पठाएकै कारण आफू संविधान निर्माणमा एतिहासिक भूमिका खेल्न सफल भएको उनको भनाइ थियो।

मधेसको नागरिकता समस्या सधैंलाई अन्त्य हुन्छ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने बताएका छन्।

चलायमान न्यायपालिका

केही दिनदेखि केही शुभेच्छुक मित्रहरूले नागरिक दैनिकमा मेरा लेख अध्ययन गर्न नपाएकामा दुःख व्यक्त गरेका छन्। कसैले नागरिक दैनिकसितको मेरो सम्बन्धमा कुनै तीतोपन आएको हो कि भनेर शङ्का गरेका छन्।न्याय तथा कानुनसम्बद्ध लेख छापिँदा वकालत पेशामा कुनै नकारात्मक परिणती भोग्न बाध्य भइएको छ कि भनेर कसैले खुलेरै सोधेका छन्। त्यस अर्थमा न्यायाधीशसित लेखक डराएको हुनसक्छ भनेर पनि जिज्ञासा राखेका छन्।

६ महिनामा टिआइएले कमायो दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्बभन्दा बढी आम्दानी गरेको छ। विमानस्थलले उडान र गैरउडान शुल्कबाट आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म दुई अर्ब २० करोड २० लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको हो।

भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिक्याे : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिकेको बताएका छन्। 'कुनै पनि दुई राष्ट्रका आन्तरिक मामलामा बोल्दा धैर्यता गर्नुपर्ने र उपयुक्त समय कुर्नुपर्ने पाठ सरकारले सिकेको छ' उनले भने।

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।

वाइड बडी जहाज खरिद प्रकरणमा शतप्रतिशत निर्दोष छु : मन्त्री अधिकारी

नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्। नागरिक फ्रन्टलाइनमा कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको बताएका छन्।

नागरिक फ्रन्टलाइनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रवीन्द्र अधिकारी

नागरिक फ्रन्टलाइनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रवीन्द्र अधिकारी

कम्पनी खोज्न प्रस्ताव माग्दै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा चलाउन नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग प्रस्ताव माग गर्ने तयारी गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि नै गरिसकेको छ।

तारागाउँ रिजेन्सी होटल्स: हायतमा सरकारको सेयर ९ प्रतिशतमा खुम्चियो

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) मा भइरहेको पुँजी वृद्धिमा तारागाउँ विकास समितिले थप लगानी नगर्दा उसको सेयर स्वामित्व घट्दै गएकोे छ। होटल स्थापना हुँदा समितिको २२.६७ प्रतिशत सेयर थियो। अहिले त्यो घटेर ९.१ प्रतिशत मात्र भएको छ।२०४९ सालमा होटल स्थापना हुँदा सरकारको १७ करोड, संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ) को ३०.७५ करोड, सर्वसाधारणको १२ करोड र बैंक, वित्तीय संस्थाको १४.६५ करोड लगानी थियो।

हायतमा सरकारको सेयर ९ प्रतिशतमा खुम्चियो

तारागाउँ रिजेन्सी होटस लिमिटेड (हायात) मा भइरहेको पुँजी वृद्धिमा तारागाउँ विकास समितिले थप लगानी नगर्दा उसको सेयर स्वामित्व घट्दै गएकोे छ। होटल स्थापना हुँदा समितिको २२.६७ प्रतिशत सेयर थियो। अहिले त्यो घटेर ९.१ प्रतिशत मात्र भएको छ।२०४९ सालमा होटल स्थापना हुँदा सरकारको १७ करोड, संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ) को ३०.७५ करोड, सर्वसाधारणको १२ करोड र बैंक, वित्तीय संस्थाको १४.६५ करोड लगानी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्