२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली सेनाका ६ हेलिकप्टर स्ट्याण्बाई

नेपाली सेनाले प्रकृतिक प्रकोपमा उद्धार र राहतका लागि ६ हेलिकप्टर स्ट्याण्बाई राखेको छ। नेपाली सेनाका अनुसार काठमाडौंमा ४, ईटहरीमा १ र धनुषामा १ हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

राहतका लागि सांसदलाई ज्ञापन

कर्जन्हा नगरपलिकाको बाढीप्रभावित क्षेत्रमा मंगलबार् यस क्षेत्रका प्रदेश सांसद दीलिप कुमार साहले स्थलगत रुपमा पीडितहरुसँग भेटेका छन्। बाढीडितको समस्या, अवस्था र हाल संसद र सरकारलाई अवगत गराउने राहत उपलब्ध गराउने उनले आश्वस्त पारेका थिए।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

भारतीय तटबन्धनले डुबेको बस्तीमा राहत लिएर पुगे प्रहरी प्रमुख

बाढी र डुबानबाट प्रभावित रौतहटमा प्रहरी प्रमुख राहत वितरणमा निस्किएका छन्। रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सोमबार इशनाथ नगरपालिका १ बन्जरहामा ढुंगामा राहत सामग्री लिएर प्रभावित बस्तीमा पुगेका हुन्।

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख राहत दिने

अविरल वर्षापछि आएको बाढी पहिरोले मृत्यु भएकाहरूको परिवारलाई प्रदेश १ को सरकारले दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।

उद्धार र राहत प्रभावकारी बनाऊ

उद्धार र राहत प्रभावकारी बनाऊअविरल वर्षाका कारण मुलुकभर बाढीपहिरोमा परी ४४ जनाको मृत्युका साथै ठूलो मात्रामा धनजनको क्षति हुनु दुःखलाग्दो विषय हो। यो विपत्तिले विशेष गरी प्रदेश १, २ र ३ मा मानवीय एवं भौतिक क्षति बढी भएको छ। प्रदेश २ अन्तर्गतका अधिकांश जिल्ला बढी प्रभावित भएका छन्। रौतहटका धेरै भाग जलमग्न हुँदा एक हजारभन्दा बढी घर भत्किएका छन् भने १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको तथ्यांक छ। यतिसम्म कि रौतहटमा मात्रै पाँच लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएको प्रहरीको आँकडालाई आधार मान्ने हो भने यसले बाढीको डरलाग्दो अवस्थालाई चित्रण गर्छ। जिल्लाभित्र पर्ने बागमती र लालबकैया नदीमा आएको बाढीले तटबन्ध भत्काएकाले जिल्लाका अधिकांश भूभाग डुबानमा परेका छन्। साथै तराई मधेसका धेरैजसो जिल्लाको अवस्था रौतहटको जस्तै छ।

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो।

स्थानीय सरकारमार्फत् नै राहत बाँडिने

अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरूका लागि स्थानीय सरकारमार्फत्नै राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ।

मुसलधारे वर्षाले किसान हर्षित

बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन्।

स्वदेशमै मृत्यु भए पनि राहत

सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ।

सशस्त्र द्वन्द्वका मृतक तथा बेपत्ता परिवारलाई राहत

मन्त्रालयले जेठ २३ गते पठाएको पत्रमा हालसम्म सो रकम नपाएका वा रकम पाउनै छुट भएका द्वन्द्वपीडित परिवारले मात्र सो आर्थिक सहायता पाउने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्