२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

पञ्चमी बजारका पीडितलाई राहत वितरण

जिल्लामा प्राकृतिक प्रकोप सहयोग कोषले पञ्चमी बजारका अग्नी पीडितलाई राहत प्रदान गरेको छ। गत जेठ ८ गते राती भएको आगलागीमा लाखौंको क्षती बेहोरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमी बजारका पीडित रामकेश राई र रविनारायण श्रेष्ठलाई राहत प्रदान गरिएको हो।

करोडौं क्षति, न्यून राहत

यो पटकको सिजनमा हिमाली जिल्ला मुस्ताङमा परेको बाक्लो र नियमित हिमपातले ४६ सय बढी पशु मरे। तीमध्ये अधिकांश भेडाच्यांग्रा, याक, चौरी, घोडा र गाइगोरु थिए। लामो समयसम्मको हिमपातले चरन क्षेत्र पुरिएर खान नपाउँदा ती पशु भोकभोकै मरेका थिए।

आगलागी पीडितलाई राहत

खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। वैशाख २४ गते राती भएको आगलागीमा सर्वस्व गुमाएका ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेकबहादुर विकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

आगलागी पीडितलाई गाउँपालिकाको राहत

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। बैसाख २४ गते राति भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर बिकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

कटारीका अग्निपीडितलाई सहयोग

झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति बेहोरेका उदयपुर कटारी नगरपालिकाका पीडितलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ।

अर्काको मुखमा दिसा कोच्चाउने महिला पक्राउ

बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

कटारीका अग्नी पीडितलाई नगरपालिकाको राहत

झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति वेहोर्न पुगेका उदयपुरको कटारी नगरपालिकाका पीडितहरुलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ। गत चैत १गते आगलागीबाट क्षति बेहोर्न बाध्य कटारी नगरपालिका १० बेँसीगाउँका ३ पीडित परिवारलाई नगरपालिकाले ९० हजार रुपैंया राहत स्वरुप सहयोग प्रदान गरेको हो।

डेढ सय घरधुरीलाई बिजुली

जिल्लाको दुर्गम मानिएको महाकुलुङ गाउँपालिका–१ खिरौले, नाजिङ, छाराखोरलगायत बस्तीमा बिजुली पुगेपछि सर्वसाधारणले राहत महसुस गरेका छन्।

आगलागी पीडितलाई राहत

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरका आगलागी पीडितलाई सहयोग जुट्न थालेको छ। जिल्लाको सरकारी कार्यालय, गाउँपालिका, वडा कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाले राहत वितरण गरेका छन्।

विपदमा परेकालाई ५१ लाख राहत दिइने

प्रदेश ५ सरकारले विभिन्न जिल्लामा प्रकृतिक  प्रकोपबाट पीडित भएका परिवारलाई राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस  मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरोलगायतका प्रकृतिक विपदमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई राहात दिने निर्णय गरेको हो।

संसदीय समिति बारा जाने

तराईका दुई जिल्ला वारा र पर्साका हुरी प्रभावितलाई राहत वितरण प्रभावकारी नभएको आवाज उठ्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गर्ने भएको छ।

हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ

हावाहुरीबाट घर भत्किएपछि घरविहीन भएकी पुरैनियाकी रोकसाना खातुनको दैनिकी झन् कष्टकर बन्दै गएको छ।

हावाहुरीपीडितलाई डाबरको १० लाख सहयोग

बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरीपीडितका लागि लाख रुपैयाँ सहयोग दिएको छ। बारा र पर्सामा आएको हावाहुरीपीडितका लागि डाबरले मुख्यमन्त्री राहत कोषमा १० लाख सहयोग गरेको हो।

त्रिपालको बास, मौसमको त्रास

चैत १७ गते साँझ आएको विनाशकारी हावाहुन्डरीले घरबारविहीन भएकाहरूले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेका बेला मेघगर्जनसहित पानी पर्न थालेको छ। चैतमा दिउँसो घामको राप सहन नसकिने हुन्छ, रातको अन्तिम पहरमा पानी परेको बखत जाडोले खुब सताउँछ। हावाहुरीले बेघर भएकाहरू यतिखेर एकैचोटि घाम र पानीको मारमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्