२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहत कोष स्थापना गर्दै बैतडीका स्थानीय तह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तह राहत कोष स्थापना गर्न थालेका छन्। कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको स्थानीय तहहरुले जनाएका छन्।

आफूखुसी राहत वितरण नगर्न तनहुँ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालय तनहुँले आफूखुसी राहत संकलन र वितरण गर्नेलाई कारवाही गर्ने समेत जनाएको छ। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुसी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो।

राहतकोषमा ईटा उद्योगीको सहयोग

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।

घर जान लागेका कामदारलाई राहत

रसुवामा लकडाउनको समयमा घर जान लागेका कामदारलाई राहत दिएर काम गरिरहेको स्थानमा नै फिर्ता गरिएको छ। जिल्लाको बृद्धिम र लाङटाङमा काम गरिरहेका ओखलढुंगाका १७ जना कामदार सोमबार साँझ स्याफ्रु आएका थिए।

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न  मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ।

पाँचथरमा ‘फूड बैँक’

लकडाउनका कारण प्रभावित हुने परिवारलाई राहतको रुपमा खाद्यान्न सहयोग गर्ने गरी पाँचथर उद्योग बाणिज्य संघले ‘फुड बैँक’ अभियान अगाडी बढाएको छ। उक्त अभियान मार्फत खाद्यान्न तथा नगद जम्मा हुने क्रम बढिरहेको छ।

माछा मारेर परिवार पाल्ने २० परिवारलाई राहत

कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासका माछा मारेर परिवार पाल्ने २० परिवारलाईं मंगलबार राहत वितरण गरिएको छ। कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले व्यक्तिगत रुपमा राहत प्रदान गरेका हुन्।

रोल्पा नगरपालिकामा राहत वितरण सुरु

कोरोना भाइरस संक्रमणलाई रोक्न राज्यले गरेको लकडाउनको समयमा सकसमा परेका अति बिपन्न र मजदुरी गरेर जीवन चलाउनेहरुलाई रोल्पा नगरपालिकाले राहत वितरण सुरु गरेको छ। नगर प्रमुख पुर्ण केसिका अनुसार नगरपालिकाका १० वटै वडाबाट राहत वितरण सुरु गरिएको हो। मंगलबार सदरमुकाम लिवाङमा प्रदेससभाका सदस्य दिपेन्द्रकुमार पुनले राहत वितरणको औपचारीक सुरुवात गरे।

कपिलवस्तुमा साढे ५ करोड बढीको राहत कोष

जिल्लाका गरिब तथा विपन्न परिवारलाई राहत दिने भएको छ। कपिलवस्तुमा गरिब तथा विपन्न परिवारको लागि राहत कोष ५ करोड ६४ लाखको राहत कोष खडा गरिएको हो।  सो रकम  जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो। सो कोषबाट २२  हजार विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको हो।

खाद्यान्नको एउटै दरभाउ : राहत वितरणको तस्वीर खिच्न नपाइने

वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ।

जुम्लाका हरेक पालिकामा राहत कोष

कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जुम्लाका हरेक पालिकामा राहत कोष खडा गरिएको छ। गन्युनतम ८ लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँ सम्मको राहतकोष यहाँका स्थानीय सरकारले खडा गरेको हो। सबैभन्दा बढि  चन्दननाथ नगरपालिकाले एक करोड रुपैयाँ बराबरको राहतकोष खडा गरेको छ। चैत २३ गते बसेको नगरकार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्