२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गाउँमा धमाधम घर बन्दै, सहरमा अझै अलमल

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्यले पछिल्लो समय तीव्रता पाइरहेको छ । ग्रामीण क्षेत्रका भूकम्पपीडितले धमाधम घर बनाउन थालेका छन् । सहरी क्षेत्रमा भने अझै अलमलकै अवस्था देखिएको छ । विशेषगरी काठमाडौं उपत्यकाभित्र निजी आवास पुनर्निर्माणमा समस्या देखिएको हो।

भूकम्पबाट विस्थापित परिवार दसैँ मनाउन गाउँ फर्किए

भूकम्पको कारण विस्थापित भएका भूकम्प पीडित दसैँ मनाउन गाउँ फर्किएका छन्। भूकम्पपछिको चौथो दसैँ मनाउन उनीहरू गाउँ आएका हुन्।

इन्डोनेसियामा फेरि भूकम्प, तीन जनाको मृत्यु

इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ।

पपुवा न्यु गिनीमा ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्काे शक्तिशाली परकम्प पनि गएको बताइएको छ।

अझै पाँच हजार सम्पर्कविहीन

इन्डोनेसियाको पालुमा १० दिनअघि गएको भूकम्प र त्यसपछिको सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन्।

बुङमती बस्तीको मौलिक पुनर्निर्माणमा जोड

भूकम्पले भत्काएको बुङमती बस्तीको पुनर्निर्माण मौलिक शैलीमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

इन्डोनेसियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५७१ पुग्यो

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ५७१ पुगेको छ।

भूकम्पबाट अझै १ हजार वेपत्ता

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि १ हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरूले बताएका छन्।

पुनर्निर्माण हुँदै साना सम्पदा

२०७२ सालको महाभूकम्पले क्षति पु-याएका ठूला सम्पदाबारे सबैको चासो र विवाद बढिरहे पनि साना सम्पदाहरू के कस्तो अवस्थामा छन् भन्ने विषयमा भने कसैले सोधेको समेत पाइँदैन। नगरका विभिन्न स्थानहरूमा परापूर्वकालदेखि अस्तित्वमा रहेका ती सम्पदाहरू पनि राष्ट्रका अमूल्य सम्पत्ति नै हुन्।

तीन वर्षपछि बल्ला तेस्रो किस्ता

भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोटाङका भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण सुरु गरेको छ। २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो र दोस्रो किस्ता लिएर आवास निर्माण गरिरहेका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको हो।

उठ्दैछ सांस्कृतिक सहर दोलखा

भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्।

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ। यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ।

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो।

इन्डोनेशियामा ज्यान गुमाउनेको स‌ंख्या १२ सय नाघ्यो

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको छ । यसअघिसम्म मृतकहरूको संख्या ८४४ पुगेको पुष्टि भएको थियो।

इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको राष्ट्रिय विपद् निकायले शुक्रबार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्