४ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेशियामा ज्यान गुमाउनेको स‌ंख्या १२ सय नाघ्यो

तस्बिर: गुगल म्याप

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको बीबीसीले जनाएको छ । यसअघिसम्म मृतकहरूको संख्या ८४४ पुगेको पुष्टि भएको थियो।

मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ।

इन्डोनेशियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।

उद्धारकर्मीहरूले पालु सहरमा भत्केका भवनको भग्नावशेषमा पुरिएका हुनसक्नेहरूको खोजी जारी राखेका छन् ।
 

प्रकाशित: १६ आश्विन २०७५ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App