२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लमजुङमा भूकम्पको धक्का

लमजुङमा आइतबार भूकम्पको धक्का महसुस भएको छ। अपराह्न ४ बजेर १ मिनेटको समयमा उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

स्थानीय तहको सहभागितामा भूकम्प दिवस मनाइने

सरकारले यो वर्षको भूकम्प सुरक्षा दिवस स्थानीय तहमा लगेर मनाउने तयारी गरेको छ। भूकम्प सुरक्षासम्बन्धी सचेतना जगाउने कार्यमा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले यस्तो तयारी गरेको हो।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

धादिङका प्रहरी अब सुविधायुक्त भवनमा

विनाशकारी भूकम्पले धादिङका अधिकांश घरसँगै प्रहरी चौकी पनि भत्किएका थिए। शान्तिसुरक्षामा खटिँदै आइरहेका प्रहरी त्रिपालमा बस्दै आएका थिए। भवन नहुँदा समस्या भोग्दै आएका प्रहरीका लागि बल्ल भवन निर्माण कार्य गरिएको छ।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

युरोपेली प्रविधिबाट २०७२ को भूकम्पपछि नेपालमा थुप्रै वैकल्पिक निर्माण प्रविधि भित्रिएका छन्। प्रि–फेब्रिकेटेड प्रोडक्टदेखि झ्याल ढोकामा कंक्रिटका चौकससम्मका उत्पादन नेपाली बजारमा आएका छन्। पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति आमउपभोक्ताको धारणा सकारात्मक बन्दै गएको छ। साथै, यस्ता उत्पादनको प्रयोग पनि बाक्लिएको छ। यस्ता विभिन्न सामग्रीका नयाँ उत्पादक पनि थपिने क्रम जारी छ।

ऐलानीको समस्या समाधानमा पहल गर्छु : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ऐलानी जग्गामा बसोबास गरेका भूकम्पपीडितका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐलानी जग्गामा बसोबास गर्दै आएका पीडितले जग्गाको लालपुर्जा नहुँदा घर बनाउन नपाएको समस्यालाई आफूले समाधान गर्न पहल गर्ने दाहालले बताए।

विस्थापित परिवारलाई लालपुर्जा

रसुवाको नौकुण्ड गाउँपालिका–१, साङ्ग्युलका २१ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको छ। ४३ महिनाअघि आएको भूकम्पका कारण पहिरोको जोखिममा परेका परिवारलाई लाङ्बुमा जग्गा खरिद गरेर पुर्जा वितरण गरिएको हो। गाउँपालिकामा १ सय २६ परिवार पहिरोको जोखिममा छन्।

भीमसेन मन्दिर पुनर्निर्माण अझै अन्योल

भूकम्प गएको तीन वर्ष बित्दा पनि ललितपुर पाटनदरबारमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीय र सरोकारवाला निकायबीचको समन्वय नहुँदा मन्दिर पुनर्निर्माण टाढिएको हो।

श्रीमहलको पुनःनिर्माण हुने

पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्‍याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।

प्राधिकरण बैठक : भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्याे

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ।

जेलिएको पुनर्निर्माण

२०७२ बैशाष १२ र २९ को भूकम्पले अति प्रभावित १४ जिल्लाहरु मध्ये एक हो सिन्धुली। घरधुरी सर्वे गरिएका कुल ६२,९०३ घरधुरी मध्ये ५०,८६२ घरधुरी लाभग्राही सुचीमा परेका छन् भने २,४०८ घरधुरी प्रवलिकरण लाभग्राही सूचिमा परेका छन्। पूर्ण लाभग्राही सुचीमा परेका मध्ये ३३,५७७ लाभग्राहीहरुले सम्झौता गरेका छन भने ३३,५५७ घरधुरीले पहिलो किस्ता प्राप्त गरेका छन्। दोश्रो किस्ता प्राप्त गर्न सकेका घरधुरी २६,०८६ छन्।

'मौलिकता नबिगारी संरक्षण गर्न लागिरहेका छौं'

जनताको आवश्यकतालाई मध्यनजर गरी काम गरिरहेका छौं। जनप्रतिनिधि भएर आउँदा वडामा कतै पनि व्यवस्थित ढल थिएन। जताततै ढल फुट्ने समस्या देखिन्थ्यो। निर्वाचित भएपछि ढल निर्माण तथा मर्मतलाई पहिलो प्राथमिकता दियौं।

भूकम्पमा जोगिएका सोनिश पाँचौ वर्षमा

२०७२ वैशाख १२ को महाभूकम्पमा २२ घण्टापछि सकुसल उद्धार गरिएका भक्तपुरका सोनिश अवाल आइतबार पाँचौ वर्षमा प्रवेश गरेका छन्। उनको नेवारी परम्परा अनुसार जन्मदिन मनाइएको छ। जन्मदिन मनाउन आमा रश्मिलाले बिहानै सोनिशलाई नुहाएकी थिइन्। परम्परा अनुसार उनलाई मामाघरबाट ल्याइएको नयाँ लुगा लगाइएको थियो। त्यसपछि सोनिशको पूजा गरिएको थियो।

‘साततले दरबार पुनर्निर्माण फागुनपछि’

बाहिरी जिल्लाका बासिन्दा नुवाकोट प्रवेश गरेपछि साततले दरबार नपुगी के फर्किनु भन्छन् र जान्छन्। दरबारको ढोका अगाडि नै लेखिएको छ– भूकम्पबाट क्षतिग्रस्त उक्त साततले दरबारको विस्तृत अध्ययन अनुसन्धानसहित पुनर्निर्माणको क्रममा रहेको र दरबारको माथिल्लो भागबाट झिँगटी, इँटा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरबार परिसरको वरिपरि हिँड्डुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्