२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्पको तीनवर्षपछि प्रबलीकरण सुरु

भूकम्पगएको करिब तीनवर्षपछि चर्केका घरको औपचारिक रूपमाप्रबलीकरण गर्ने कामसुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना र सहयोगीनिकाय युकेएआइडी, युएनओपिएस र ब्युल्ड चेन्जको सहयोगमाशुक्रबारदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ फलाँटेबाट सुरु भएको हो।

रसुवामा भूकम्पको धक्का

रसुवामा शनिबार विहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रले विहान १० बजेर २५ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ।

कथा: जुगनको सपना

ग्राहकका दारी, कपाल बनाइदिने नाइको दारी झुप्प थियो। फुलिसकेको कपाल, दारी। धामीको घरमा विरामी झै लाग्यो। पानी छिक्र्यो मेरो कपालमा नाइले। घांटी अलि निहुराई दियो।

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

फिल्म ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

भूकम्प गएको ३ वर्ष वित्यो, तर पुनर्निर्माण भएन दशरथ रंगशाला

२०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भएको पनि ३ बर्ष वित्न लाग्यो। तर पनि यसले पूर्णता पाउन सकेको छैन। भूकम्प गएपछि मात्रै पाँच वटा सरकार परिवर्तन भए र सबैको प्रथामिकतामा रंगशाला पुनर्निर्माण एजेण्डा बने । तर पनि रंगशाला पुनर्निर्माणको गति बामे शैलीमा छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो ८० करोड

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ। आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो।

हुरीमा सजगता

पर्सामा आइतबार राति आएको प्रचण्ड हावाहुरीले महाविपत्ति नै ल्यायो। जसको अवस्था सम्झँदामात्र पनि आङ नै सिरिंग हुन्छ। हामीले अहिलेसम्म बाढी, पहिरो, भूकम्प, आगलगीलगायतका विपत्तिमात्र सामना गरेका थियौँ। त्यसैले हावाहुरीले पनि यस्तोखाले विपत्ति ल्याउँछ भनेर शायदै कुनै नेपालीले कल्पना गरेको थियो। यसर्थ यस घटनाबाट हावाहुरीको संदर्भमा पनि वैज्ञानिक अनुमान एवं जाँच गर्नुपर्ने नै हुन्छ।

भूकम्प शिक्षा र हुरीको नतिजा

पटक–पटक दोहोरिएका दुर्घटनामा घायल हुँदै राजनीतिको बाघचलमा चोला फेर्दै संस्थागत हुने संघर्षमा संलग्न नेपालको प्रजातन्त्र ६९ वर्षको भइसकेको छ। व्यक्तिका लागि पूरै जीवन अवधि हो– ७ दशक। नागरिक भएको भए नेकपा एमाले नेतृत्वको पहिलो सरकारद्वारा प्रारम्भ बृद्धभत्ता खाएर अवकाशको जीवन बिताउन पाउने। तर प्रजातन्त्र प्राणी हैन, देश र नागरिकको जीवन पद्धति हो। उमेरसँगै परिमार्जित हुँदै जाने, सार्थकता बढ्दै जाने जीवन्त सिध्दान्त हो– प्रजातन्त्र। नेपालमा प्रजातन्त्रको पटक–पटक न्वारान भएको छ। विशेषण फेरिएको छ।

५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती

जिल्लाका तीन स्थानीय तहका ५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गाको व्यवस्था गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा चम्पादेवी गाउँपालिकाको विलन्दु, मोलुङ गाउँपालिकाको प्राप्चा र चिसंखुगढी गाउँपालिकाको माम्खाका भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गा व्यवस्था गरिएको हो।

कीर्तिपुरमा लिच्छवीकालीन मूर्ति भेटियो

कीर्तिपुर नपा–६ चारघरेस्थित जालपादेवी मन्दिर पुनर्निर्माणका क्रममा लिच्छविकालीन मूर्ति फेला परेको छ। शनिबार मन्दिरको पूर्व उत्तर दिशामा पर्ने स्थानीयवासी रामेश्वर महर्जनको घर पछाडेको माटोको ढिस्को खन्ने क्रममा मूर्ति फेला परेको हो। २०७२ वैशाखको भूकम्पका कारण यस क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिर क्षति पुगेको थियो।

दैलेख केन्द्र बनाएर भूकम्पको धक्का

दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।

बुङ्मतीको मौलिकता भत्कने खतरा

सम्पदा वस्तीमा ३५ फिट अग्लो घर बनाउन पाइने स्पष्ट सरकारी मापदण्ड भएता पनि ललितपुरको ऐतिहासिक प्राचीन वस्ती बुङमतीमा मापदण्डलाई खेलाँची गरिएको छ। भूकम्पअघि मौलिक शैलीमा बनाइएका घरको पुनर्निर्माण गर्दा स्थानीय मौलिकताभन्दा बाहिर गएका छन्। सरकारी निकायले मौलिक घर बनाउनको निम्ति सहरजीकरण नगरिदिएको र साँघुरो घडेरी भएकाले अग्लो घर बनाउनु परेको स्थानीय बताउँछन्। ‘हामीले नगरपालिका र वडा कार्यालयसँग बाम्बार सहयोग मागेका थियौं, तर सरकारी निकायले खासै चासो दिएनन्, त्यसैले हामीले जस्तो जान्यौं त्यस्तै घर बनायौं,’ स्थानीय श्याम मालीले भने।

दमकमा भूकम्प संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भूकम्प संग्रहालय बनाउने घोषणा गरेका छन्। २०७२ सालको भूकम्पलाई चित्रण गर्नेगरी संग्रहालय निर्माणको काम अघि बढाउने उनले बताए। आइतबार दमक नगरपालिकामा सुरु भएको साहित्यिक गोष्ठीको उद्घाटन गर्दै ओलीले दमकको उत्तरी क्षेत्रमा संग्रहालय निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि राष्ट्यि पुनर्निर्माण प्राधिकरणसँग परामर्श सकिएको उनको भनाइ छ।

चार वर्षमा २८ प्रतिशत पुनर्निर्माण

कम्प गएको चार वर्ष बित्नै लाग्दा दुई सय २० वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले  उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्