२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन।

भूकम्पको कथामा 'नीरफूल'

बिनासकारी भूकम्पपछि छिन्नभिन्न बनेको एक परिवारको कथालाई प्रस्तुत गरेर फिल्म 'नीरफूल' निर्माण गरिएको छ। सर्ट फिल्म 'सेलफोन' बनाएका सञ्चारकर्मी तथा निर्देशक फूलमान बलको ठूलो पर्दामा डेब्यु निर्देशन रहेको फिल्मले भूकम्पपछिको सामाजिक अवस्थालाई पनि चित्रण गरेको छ।

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

मंगलबार साँझ चीनको सिचुआन र गान्सु प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० पुगेको छ  भने ४३१ जना घाइते भएका छन्।

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।

भूकम्प राहतबारे प्रधानमन्त्रीको जबाफ माग

भूकम्पपीडितले अझै पनि उचित राहत पाउन नसकेकोतर्फ ध्यानाकषर्ण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जबाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।

दोलखामा ४ रेक्टरको भूकम्प

दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ग्रीसमा शक्तिशाली भूकम्प, २ को मृत्यु

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ ।

दाताको भरमा पुनर्निर्माण बजेट

प्रतिशत स्रोत विदेशी सहायता छ । प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण कार्यमा खर्च गर्न कुल एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैयाँको बजेट खाका तयार पारेको छ । त्यसमा ९६ अर्ब ८९ करोड २३ लाख ८४ हजार रुपैयाँ वैदेशिक स्रोतबाट जुटाउने उल्लेख गरिएको छ । कुल बजेटमध्ये ४९ अर्ब चार करोड २५ लाख ५६ हजार रुपैयाँ मात्र नेपाल सरकारले व्यवस्थापन गर्ने उक्त खाकामा उल्लेख छ ।

बैंकमा अनुदान लिने भूकम्प पीडितको घुइँचो

खोटाङमा आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको छ । महाभूकम्प गएको दुई वर्षपछि वितरण सुरु गरिएको आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको हो । आवास अनुदान लिनका लागि गाउँ–गाउँका भूकम्प पीडित सदरमुकाम आएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित परिवारलाई सालपा विकास बैंकबाट जेठ १९ गतेदेखि र सेञ्चुरी कमर्सियल बैंकमार्फत जेठ २२ गतेदेखि निजी आवास अनुदान वापतको पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ ।

भूकम्पको जोखिमबाट जोगिन बलियो घर

उपत्यकामा जमिन हल्लिएको खण्डमा भवन, सडक, पुल, खानेपानी, विद्युत, टेलिकमलगायत मानवीय र आर्थिक क्षति धेरै नै हुन सक्नेछ। तीन लाखभन्दा बढी भवन, ५ हजारभन्दा बढी विद्यालय, ५ सयभन्दा बढी अस्पताल, झन्डै ५ सय सरकारी भवन भत्किने अनुमान छ।

दुई वर्ष बित्दा पनि टहरामै भूकम्प पीडित

दुई वर्षअघि गएको भूकम्पले नुवाकोटलाई पनि नराम्रोसँग हल्लायो। धेरैको ज्यान गयो। कैयौं घाइते भए। भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि नुवाकोटबासीमा भूकम्पले बनाएको घाउ अझै आलै छ। पीडितहरूले राहत पाएका छैनन्। घर भत्किएकाहरु टहरामा बस्न विवश छन्।

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

महाभूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्प पीडितलाई निजी आवास अनुदान वापतको रकम वितरण गर्न थालिएको छ ।

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।

भूकम्पपीडित क्षेत्रका जनप्रतिनिधि भन्छन्- 'पुनर्निर्माणको नेतृत्व लिन्छौं'

स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिले अब भूकम्प पुनर्निर्माण कार्यको नेतृत्व आफैंले लिएर पुनर्निर्माणमा तीव्रता दिने बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम प्रभावकारी नहुँदा पुनर्निर्माणको गति सुस्त भएको भन्दै उनीहरूले नगर/गाउँपालिका नेतृत्व लिने बताएका हुन्।

भोट हाल्न आतुर भूकम्पपीडित

चौतारा–साँगाचोकगढी नगरपालिका–५ का ६२ वर्षीय चोपनाथ ढुंगाना लठ्ठीमा बुढ्यौली शरीर अड्याउँदै मतदान केन्द्र पुगे । घन्टौं लाइनमा बसेर मतदाता परिचयपत्र लिए । ‘लेमिनेसन’ गरिएको आकर्षक परिचयपत्र स्मसुम्याउँदै उनले भूकम्पपीडितलाई नै ध्यान दिएर बनाएको जस्तो लागेको बताए । ‘जस्ताको टहरोमा शीत र पानीले नभिज्ने, धुवाँधुलोले नछुने,’ कोटको भित्री खल्तीमा परिचयपत्र राख्दै उनले भने, ‘कार्ड पनि राम्रो लाग्यो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्