२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

छुटेको भन्दै झण्डै १ लाख ६० हजार भूकम्प पीडितको निवेदन

प्रधानमन्त्री पुष्पकमल दाहालले लाभग्राहीको सूचीमा छुटेकाको नाम छिट्टै संकलन गर्ने बताइ रहँदा जिल्ला–जिल्लामा भने भूकम्प पीडितका गुनासा बढेको बढ्यै छन्। छुटको पुनः लगत संकलन गरी लाभग्राहीमा समेट्न ठूलो संख्यामा गुनासो फारम संकलन हुने क्रम जारी छ ।

‘भूकम्पपीडितलाई पाँच लाख'

सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापत दिने दुई लाखमा एक लाख रुपैयाँ थप गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई एक लाख रुपैयाँ थप गर्ने विषयमा केही दिनमै निर्णय हुने बताएका छन्।

आधा भूकम्प पीडितले पाए पहिलो किस्ता

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को बिनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका झण्डै ५२ प्रतिशत पीडितले आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका छन्। पहिचान गरिएका लाभग्राहीमध्ये ७७ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ।

भूकम्पपीडितलाई कूल ५ लाख रुपैयाँ दिइनेछः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने बताएका छन्। सो पाँच लाखमध्ये ३ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँ सामुहिक जमानीमा ऋण हुनेछ। संसदको विकास समितिमा उपस्थित भएका उनले भूकम्पपीडितलाई यसअघि दिइने भनिएको २ लाख रुपैयाँमा १ लाख रुपैयाँ थप गर्ने उल्लेख गरे।

भूकम्पप्रभावितका गुनासा थपिँदै

भूकम्पप्रभावित क्षेत्रमा अनुदान रकम बाँडिरहेको सरकारसँग स्थानीयका गुनासा झन्झन् थपिँदैछन्। शुक्रबारसम्म सरकारसँग १ लाख ५९ हजारभन्दा बढी जनताले गुनासो गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा भूकम्पपीडितको नाम नपरेको भन्दै असन्तुष्ट बनेर गुनासो गर्नेहरू धेरै छन्।

अमेरिकामा ५.६ रेक्टर स्केलको भूकम्प

सिकागो—अमेरिकाका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भुगर्भिय सर्वेक्षण युएसजिएसले स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे ओकाहोमाको उत्तरमध्य भागलाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको बताएको छ।

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

न्युजिल्याण्डमा शक्तिशाली भूकम्पको गएको छ। गिस्बोर्न सहरको उत्तरी पूर्वस्थित समुन्द्रमा केन्द्रबिन्दु पारेर ७.१ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केन्द्रबिन्दु गिस्बोर्नभन्दा १ सय ६९ किलोमिटरको दूरीमा पर्छ।

भूकम्पपीडितको तीज

यतिबेला सबै महिला तीजको रमाइलोमा ब्यस्त छन्। के खाने, कहाँ जाने, के किन्ने जस्ता योजना बनिवरी लागु पनि भइसके। तर रसुवाको धैबुङ–१ इटपारेकी ८० वर्षिया मनमाया परियारलाई भने तीजले छोएकै छैन भन्दा पनि फरक पर्दैन।

भूकम्पपीडितका नाममा पौने चार करोड ठगी

भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको 'ब्रह्मलुट' बाहिर आएको हो।

भूकम्पपीडितलाई सहुलियतमा खाद्यान्न देऊ

काठमाडौं-भूकम्प पीडितलाई चाडबाडको बेला सहुलियतमा दैनिक उपभोग्य वस्तु वितरण गर्ने व्यवस्था मिलाउन सांसदहरुले माग गरेका छन् । भूकम्पले घरबारविहीन भएका पीडितलाई दसंै–तिहारमा राहत स्वरुप छुटमा सामान उपलब्ध गराउन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले निर्देशन दिएको हो ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ।

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएुजिएसले बताएको छ।

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

भूकम्पपीडितलाई सधैं 'गाईजात्रा'

धिमेकोे मधुर धुन। घिन्ताङघिसीको (लट्ठी नाच) ट्वाक्क ट्वाक्क। कतै हाकुपटासीमा सजिएका युवतीको पाउजुको छमछम, कतै नयाँ लुगामा सजिएका केटाकेटीको खिलखिलाहट। शुक्रबार भक्तपुरको दरबारक्षेत्र जात्रामय देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्