रोम –इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएुजिएसले बताएको छ।
स्थानीय समय अनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर देखि ६.२ रेक्टर स्केलको भूकम्प गएको र यसको गहिराई १० किमी भएको युएुजिएसले जनाएको छ ।
भूकम्पको धक्का २० सेकेण्डसँग महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतीको विवरण भने हाल सम्म आएको छैन । तर इटालीका केही संचार माध्यमले भूकम्पमा परी २ जनाको मृत्यु भएको र अन्य मानिस भत्किएका भवनमा हुनसक्ने अनुमान गरेको जनाएको छ।
प्रकाशित: ८ भाद्र २०७३ ०५:३० बुधबार