२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

टर्कीमा भूकम्प गयो, स्थानीय पाँच गाउँका घर क्षतिग्रस्त

टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ।

भूकम्पमा आंशिक क्षति भएका घरलाई पनि अनुदान

भूकम्पबाट आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहे सरकारले पूर्ण क्षति भएका घर निर्माणसरह अनुदान दिने भएको छ।

जग हाल्नै पाएनन् भूकम्पपीडितले

सरकारले उपलब्ध गराउने अनुदानको पहिलो किस्ता नपाउँदा ठूलो संख्यामा भूकम्पपीडितले नयाँ घरको जग हाल्न पाएका छैनन्।

राष्ट्रपति भण्डारीले दिइन् भूकम्प पीडितलाई सान्त्वना

राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवर्ष अघिको विनाशकारी भूकम्पले निम्त्याएको भौतिक तथा मानवीय क्षतिको अवस्था स्मरण गर्दै यहाँका भूकम्प पीडितलाई सान्त्वना दिईन्।

त्रियानब्बे प्रतिशत भूकम्पपीडितले बुझे अनुदानकाे पहिलाे किस्ता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ।

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्बको अख्तियारी

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत रु ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ।

भूकम्प पीडितका गुनासाहरु गुनासामै सीमित

जिल्लामा आवास निर्माण अनुदानमा आफ्नो नाम छुटेको भन्दै जिल्लाका भूकम्प पीडितहरुले भरेका गुनासा फारमहरु गुनासामा नै सीमित बनेका छन्। जिल्ला गुनासो सुनुवाई समितिले केन्द्रीय गुनासो फछ्र्यौट समितिमा पठाएका जिल्ला भूकम्प पीडितहरुका गुनासामा अझै अलमल नै कायम देखिएको छ।

भूकम्पपछिको पुनर्निर्माण प्रभावित, काठको गोदाम रित्तै

वन मन्त्रालयले प्रशस्त काठ दिन नसक्दा भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक पुनःर्निर्माणमा बाधा उत्पन्न भएको छ । सरकारले निजी आवास बनाउन पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।

भूकम्प पीडितलाई न्यानो वितरण

परोपकारीहरुको अन्तराष्ट्रिय संस्था ‘लाइन्स क्लव’ अन्र्तगत नेपालको ३२५ अन्र्तगतको सिन्धुपाल्चोक क्लवले भूकम्प प्रभावित चार गाविसका पीडितलाई न्यानो वितरण गरेको छ ।

सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

अष्टे्लियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ ।

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

बाढी पीडितलाई भूकम्प पीडित सरह राहत दिने गरी कार्याविधि तयार

सरकारले सुर्खेतसहित पाँच जिल्लाका बाढीपहिरो पीडितहरुलाई भूकम्प पीडित सरह राहत प्रदान गर्नका लागि कार्यविधि तयार गरेको छ। २०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोबाट सुर्खेतसहित मध्यपश्चिमका बाँके, बर्दिया र दाङ एवम् त्यसअघि सप्तकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौं विस्थापित भएका थिए।

भूकम्पपीडितलाई निःशुल्क स्वास्थ्यसेवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने निर्णय गरेको हो ।

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए।

सम्भव छ भूकम्पको पूर्वानुमान ?

के विश्वमा भूकम्प पूर्वानुमान गरिएकै छैन ? गरिएको छ भने ती अनुमान सही सावित भए ? भएका भए कुन विधि र आधारमा पूर्वानुमान गरिएको थियो ? यी र यस्ता प्रश्नको जिज्ञासा मेटाउने प्रयास यस लेखले गर्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्