६ आश्विन २०८१ आइतबार
image/svg+xml

नागरिकताको गम्भीरता

नागरिकतासम्बन्धी व्यवस्था नेपाली समाजको स्थापित चरित्रको मूल्यबोधसँग सम्बन्धित छ। तत्कालीन राजनीतिक दलहहरूले तथाकथित राजनीतिक सहमतिका नाममा नयाँ कानुन जारी गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइमा २०४६ सम्ममा तराईमा जन्मिएकाहरूलाई नागरिकता दिने भन्ने गम्भीर राष्ट्रघाती निर्णय गराई ४० लाख भारतीयहरूलाई नेपाली नागरिकता बाँडे। जन्मको आधारमा नागरिकता दिन भनेर ३ जनाको सिफारिस समिति बनाउने भन्ने नौटंकी रची जन्मको प्रमाणविना खुरुखुरु भारतीय योजनामै राष्ट्रप्रति गद्दारी गर्दै नागरिकता वितरण गरियो।

संसदीय समितिको छलफल सांसदले फेसबुक लाइभ गरेपछि...

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।

वादी समुदायका धेरै युवा नागरिकताविहीन

बाबुको पत्ता नलाग्दा वा वास्तविक बाबुले मेरो सन्तान हो भनेर स्वीकार नगर्दा वादी समुदायका धेरै युवा नागरिकताविहीन बनेका छन्। सो समुदायबारे छुट्टै अध्ययन नभएकाले सङ्ख्या यकिन नभए पनि नागरिकताविहीन युवाको सङ्ख्या बढ्दै गएको वादी समुदाय उत्थान समितिले जनाएको छ।

घुम्ति शिविरबाट ५ सय ९ जनालाई नयाँ नागरिकता

नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत घुम्ति शिविरबाट ५ सय ९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्।

७० वर्षमा नागरिकता पाउँदाकाे खुशी : नयाँ जुनी पाएकाे महसुस भयाे

खिरीदेवी बुढा उमेरले ७० वर्ष पुगिन्। उनीसँग नागरिकता थिएन्। खप्तड छेडेदह गाउँपालिका ५ बस्ने बुढाले नागरिकता सुरुमा आवश्यक हुन्छ भन्ने थाह पनि पाएकी थिइनन्। जब वृद्धभत्ताका लागि नाम दर्ता गराउन वडा कार्यालय पुगिन्, नागरिकता खोजेपछि उनलाई त्यसकाे महत्व थाहा भयाे।

नागरिकता नहुँदा स्वास्थ्य स्वयंसेविका दुःखी

उनी मानव स्वास्थ्यबारे सचेतना फैलाउँछिन्। पेसाले स्वास्थ्य स्वयंसेविका। उनको घरको बाहिरी भित्तामा राखिएको छ, उनको परिचय दिने सानो बोर्ड। त्यसमा लेखिएको छ, ‘महिला स्वास्थ्य स्वयंसेविका, नाम : रुनुमाया भुजेल, जिल्ला : चितवन, अयोध्यापुरी गाविस वडा नम्बर ९ कुसुमखोला।’ उनी बस्ने कुसुमखोला अहिले माडी नगरपालिकामा पर्छ।

७६ वर्षमा नागरिकता पाउँदाकाे खुशी : 'सिरानीमै नागरिकता राखेर मर्छु'

चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्।

नागरिकता किर्ते प्रकरण : फाँटवालालाई सरकारी वकिलको संरक्षण

किर्ते गरी नागरिकता बनाएको प्रकरणमा सरकारी कर्मचारीलाई प्रतिवादी बनाउँदा जिल्ला प्रशासन कार्यालयका तत्कालिन फाँटवालाई भने सरकारी वकिलले संरक्षण गरेका छन्।

२०६४ मा वितरित नागरिकताको अध्ययन गर्दै समिति

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ बमोजिम २०६४ सालमा वितरण भएको नागरिकताको अध्ययन सुरु गरेको छ। समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा उठेका विषय सम्बोधन गर्न नागरिकताको विवरण माग गरिएको हो ।

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

काठमाडौंमा चार दिनदेखि जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दाले प्रवेश पाएको छ।

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे।

जन्म आधारका नागरिक सन्तान पनि वशंज

सर्वाेच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो।

बलात्कारका अभियुक्तसँग तीनवटा नागरिकता, सिडिओसहित तीन कर्मचारी छानविनमा

पाँचथरकाे फाल्गुनन्द गाउँपालिका ३ का देवेन्द्र शिवाले जात तथा धर्म समेत फरक पर्ने गरी किर्ते गरी नागरिकता बनाएको घटनाको छानविनमा तीन सरकारी कर्मचारी तानिएका छन्। तीन वटा नागरिकता बनाएका शिवाले अन्तिम पटक २०७२ सालमा नागरिकता बनाउँदा संलग्न सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरामा परेका हुन।

गाउँबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

जिल्ला प्रशासन कार्यालय रसुवाले गाउँबाटै प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ। २०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्