छुवाछुत हटाउन मेची–महाकाली पदयात्रा
जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि दुई युवकले शुक्रबारदेखि नेपाल पदयात्रा २०७५ सुरु गरेका छन्। अशोक दर्नाल र होमराज आचार्यले पश्चिम महाकालीबाट पदयात्रा सुरु गरेका हुन्। उनीहरूले महाकालीदेखि मेचीसम्म पदयात्रा गर्ने बताएका छन्। पदयात्रा क्रममा ७७ मध्ये ६५ जिल्ला पुग्ने योजना उनीहरुले बनाएका छन्।