२० आश्विन २०८१ आइतबार
image/svg+xml

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।

हिमाली भेगः मतदानको हुटहुटीले बिर्साएको चिसो

उच्च हिमाली भेगमा अझैसम्म हिमपात भइसकेको त छैन, तर, चिसो भने दिनदिनै बढिरहेको छ। स्थानीयका अनुसार हिमपात नभएपनि बिहान बेलुकीको तापक्रम भने माइनस ४–५ डिग्रीमा झरिसक्छ।

हिमाली जिल्लाका उम्मेदवार भन्छन्: मतदाता भेट्नै गाह्रो, भोट दिन त फर्केलान्

चिसो मौसम सुरु भएको छ। हिमाली भेगमा अहिलेसम्म खासै हिमपात नभएपनि चिसो भने बढेको छ। चिसो बढ्न थालेपछि हिमाली जिल्लाका माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल (पोखरा, काठमाडौं) झरेपछि गाउँ रित्तिदै गएको छ। घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाई सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको छ।

हिमाली भेगको पदयात्राः एबिसीमा सहज, अन्यत्र सकस

हिमपात र वर्षाद्ले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङ सहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लु सहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।

पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)

मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभइ विभिन्न जिल्लासम्म पुर्‍याइन्छ। कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दशैँका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात समेत हुन पाएको छैन।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङपाल

पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताए।

अज्ञात रोगले मनाङका चौरी बिरामी

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो। विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुन सकेको छैन।

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो। तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ। करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो।

मनाङमा थपिए ४९ नयाँँ उद्योग

एक वर्षको अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए। उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ।

म्याग्दीलाई हिमाली जिल्ला नाम दिइयो, बजेट दिइएन

म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढी जस्तै गरी बजेट ओइरिने अपेक्षा सबै पक्षलाई थियो।

लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड

हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्