१० मंसिर २०८१ सोमबार
image/svg+xml

'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?'

दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा रोचक भिडन्त हुने लख काटिएका छन्। गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकी शर्मा गठबन्धनको मत आफ्नो जीतका लागि काफी हुने बताउँछिन्।

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन्।

नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा पनि गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन

नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ। २०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै अवकाश भएपछि गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो।

नवौं राष्ट्रिय खेलकुद: प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह गरेका छन्।

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

चार मन्त्री र तीन सचिव विदेश सयरमा

विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्च कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्।

गृहसचिव सिंहले दिए सशस्त्र प्रहरी कर्मचारीलाई यस्तो निर्देशन

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।

निर्वाचनमा एमालेले जित्नुपर्छः उपमहासचिव गुरुङ

'समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ', उनले भने। उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए।

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ।'

‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’

विश्वमा तातो हावा, बाढी, अनिकाल तथा अन्य जलवायुजन्य प्रकोपले ठुलो नोक्सानी गरिरहेको औंल्याउँदै गुटरेसले प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने (पोलुटर मस्ट पे) बताएका हुन्।

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।

विश्व ठूलो संकटमा: गुटेरस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरसले विश्व समुदायले आगामी तीन वर्षभित्रै जलवायु संकट, द्वन्द्व, बढ्दो गरिबी र असमानतालाई गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताएका छन्।

अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा विश्व पुगेकामा महासचिव गुटरेस चिन्तित

तीन वर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७औँ राष्ट्रसंघीय महासभालाई आज सम्बोधन गर्ने आफ्नो मन्तव्यमा उनले द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउने राष्ट्रसंघका प्रवक्ताले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्