coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनमा एमालेले जित्नुपर्छः उपमहासचिव गुरुङ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देश विकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताए।

नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन्।

'समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ', उनले भने। उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए।

प्रकाशित: ८ आश्विन २०७९ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App