१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पाकिस्तामा हुने अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली टाेली छनोट

पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ।

गृहमन्त्री थापा लाचार : गच्छदार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद गच्छदारले महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताए।

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्।  प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद नेपालले सरकारले जनता चाहनाअनुसार काम नगरेको भन्दै आलोचना गरे। उनले देश डुब्न लागेको भन्दै मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराए। जनताको आलोचना र आक्रोशलाई सुझावका रुपमा लिन सरकारलाई आग्रह समेत गरे।

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक शुक्रबारमात्रै

नेपाल र चीनबीच आजदेखि हुने भनिएको ऊर्जा संयन्त्रको बैठक भोलि एकदिन मात्र हुने भएको छ। यसअघि बिहीबार र शुक्रबार २ दिन गर्ने भनिएको बैठक शुक्रबार १ दिनमै सम्पन्न गर्ने तयारी भएको ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

नेपाल र माडागास्करबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए।

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै

विश्व पर्यटन दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघ र  विश्व पर्यटन सङ्गठनको आह्वानमा यो वर्ष विश्वभरी पर्यटन गन्तव्यलाई ‘डिजिटल ट्रान्सफर्मेशन’ गर्ने अभियान पनि शुरू गरिँदैछ।

सुन आयातमा राष्ट्र बैंकको प्रस्ताव वाणिज्य मन्त्रालयबाट अस्वीकृत

नेपाल राष्ट्र बैंकले दैनिक ३० किलो सुन ल्याउन गरेको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकार गरेको छ।

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

डावर नेपाल इसिमोडबीच सम्झौता

डाबर नेपाल र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच सम्झौता भएको छ । सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ।

उडे निगमका चारै चिनियाँ जहाज

नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला  विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।

बिर्सने रोगको वृद्धि

हरेक व्यक्तिको जन्मपछि मृत्यु अवश्यंभावी छ । भनाइ नै छ, जन्मँदा को जेठो, को माइलो वा कान्छो भन्ने गणना अर्थात् को पहिला र को पछि जन्म्यो भन्ने हिसाब गरिन्छ तर मृत्युले को जेठो, माइलो र कान्छो भन्ने गणना गर्दैन।

शून्यबाट अनुसन्धान थाल्न माग

नेपाल मानवअधिकार संगठनले निर्मला पन्त हत्या प्रकरणमा शून्यबाट अनुसन्धान थाल्न माग गरेको छ । संगठनले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दशी प्रमाण नष्ट गरिएको देखिएको जनाएको छ।

चन्दा गिरी ‘मिसेज नेपाल’

विवाहित महिलाबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले मिसेस नेपाल इन्टरनेसनलको ताज चुमेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्