१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालको एक सय रन पुरा, सम्हालिएको प्रदर्शन गर्दै

युएइ विरुद्धको खेलमा ४३ रनको स्कोरमै ३ विकेट गुमाएर संकटमा परेको नेपाली क्रिकेट टोलीले २९ दशमलव २ ओभरमा १ सय रन पुरा गरेको छ। एसिया कप छनोट अन्तर्गत दोश्रो खेलमा युएइ विरुद्ध २ सय ५५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेपनि अहिले सम्हालिएको प्रदर्शन गरिरहेको छ।

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले विहिबारका लागि १ अमेरिकी डलर बरावर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

पशुपतिमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपतिनाथ प्रांगणमा सातौं एक्सटेन्सन काउन्टर खोलेको छ।

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।

युएईद्वारा नेपालसामु २ सय ५५ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेलमा युएईले नेपालसामु जितका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अनियमितता भएको समितिकाे ठहर

ललितपुरको खुमलटारमा रहेको ४२ रोपनी जग्गा भाडामा दिँदा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अनियमितता गरेको छानबिन समितिको ठहर छ।

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। आज विहान सादा पोसाकका खटिएको प्रहरीले उनलाई उनको घरबाटै पक्राउ गरेको हो।

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

१८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम रहेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदक सुरक्षित गरेकी थिइन्।

पहिलाे खेलमा नेपाल ७ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। वायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो।

पश्चिम सेती वार्ता निष्कर्षहीन

पश्चिम सेती जलविद्युत् आयोजनामा लगानीबारे नेपाल र चिनियाँ टोलीबीच सुरु वार्तामा चिनियाँ टोलीले आयोजनाको क्षमता घटाउने र अहिलेको विद्युत् खरिद सम्झौता (पिपिए) दर बढाउनुपर्ने प्रस्ताव गरेको छ।

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए।

एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निजी क्षेत्रसँग सहकार्य गर्न विश्व बैंक तयार

विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्