८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पहिलाे खेलमा नेपाल ७ विकेटले पराजित

काठमाडाैं - मलेसियामा जारी एसिया कप छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। वायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।

बुधबारको हारसँगै नेपालले ओमान विरुद्ध लगातार चाैथाे हार व्यहोरेका छ। यसअघि नेपाल सन् २०१४ र १५ र १८ मा ओमान विरुद्धको खेलमा पराजय व्यहोरेको थियो।

ओमानलाई जित दिलाउने क्रममा खवार अलीले उत्कृष्ट इनिङ खेले। उनले ९६ बलमा अविजीत ८४ रन जोडे। यस्तै जिसान मक्सुदले अविजीत ४५ रन जोड्दा भैभव श्रीधरले ४१ रन जोडे। ओमानले ब्याटिङ तथा बलिङ दुवैमा राम्रो प्रदर्शन गरेपछि नेपाल विरुद्ध प्रभावशाली जित निकाल्न सफल भएको हो।

नेपालका लागि पारस खड्का १ विकेट लिए। ओमानका २ ब्याट्सम्यान भने रन आउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु जितका लागि २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले सागर पुनको उत्कृष्ट ब्याटिङमा ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन जोडेको थियो। सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्काको मद्दतमा ८३ रन जोडे। यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए। ओमानका खवार अलीले २ विकेट लिए।

नेपालले भाेली युएइसँग प्रतिष्पर्धा गर्नेछ।

 

प्रकाशित: १३ भाद्र २०७५ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App