१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बिमस्टेक सम्मेलनमा दुई अर्ब बढी खर्चेर नेपालले के पायो? (भिडियो)

दुई अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको बिमस्टेक सम्मेलनबाट नेपालले चाहिँ के पायो त? चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?

एसियाडमा रजत जित्ने खेलाडी सम्मानित

इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्रै रजत विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगद सहित सम्मान गरेको छ।

नेपाल बैंक–सिटी एक्सप्रेस सम्झौता

नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

विदेशमा रहेका नेपाली नागरिकलाई अब मतदानको अधिकार (फैसलाकाे पूर्णपाठ)

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो। न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार सार्वजनिक गरिएकाे छ।

शेयर बजार नौ अङ्कले बढ्यो

साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

बंगबन्धु गोल्डकपः नेपाल प्यालेस्टाइन र ताजिकिस्तानको समूहमा

नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ।

एसिया कप छनोटः नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

सिकागोमा नेपाली नेशनल कन्भेन्सन

'नेपाली समुदायको लागि एकता', भन्ने नाराका साथ नेपाली नेशनल कन्भेन्सन सिकागोमा सुरू भएको छ। अमेरिकामा रहेका नेपालीहरुको पुराना तीनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो।

एसिया कप छनोटः सिंगापुरद्वारा नेपालसामु १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

अपराधपीडित संरक्षण विधेयकमा फरक मत

नेपालको संविधान, २०७२ मा व्यवस्था भएको अपराधपीडितको मौलिक हक प्रचलन गराउनका लागि विधायन प्रक्रिया अगाडि बढेको छ ।

इराक घटनाकाे १४ वर्ष पुरा, घटनाबारे जान्नुपर्ने १० कुरा (भिडियाे सहित)

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको शनिबार १४ बर्ष पुरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्