३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

इराक घटनाकाे १४ वर्ष पुरा, घटनाबारे जान्नुपर्ने १० कुरा (भिडियाे सहित)

काठमाडाैं - रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको शनिबार १४ बर्ष पुरा भएको छ। २०६१ भदौ १६ अर्थात आजकै दिन इराक घटनामा उनीहरुको हत्या गरिएको हो। 

हत्या भएको घटनाले आक्रोसित बनेको नेपाली समाज स्वस्फूर्त रुपमा सडक आन्दोलनमा उत्रीएको थियो । रिस र आवेगले थाम्नै गाह्रो उत्तेजित भिडले सहरभित्रका मस्जिद, म्यानपावर लगाएतमा तोडफोड गरेका थिए। 

इराक घटना र त्यसको बिरोधमा काठमाडौंमा भएको आन्दोलनका बारे जान्नै पर्ने १० कुराहरु
१) इराक घटनामा १२ नेपाली मारिए पनि उनीहरुसँगै अन्य २३ जनाले वैदेशिक रोजगार विभागबाट २०६१ असार १६ गते श्रम स्वीकृति लिएका थिए। तर ति २३ जना भने भाग्यले बाँच्न सफल भए।

२) मारिएका १२ नेपाली कुपन्डोलस्थित मुनलाइट मेनपावरबाट विदेशिएका थिए।

३) उनीहरुले जोर्डनमा होटलमा काम गर्नका लागि श्रम स्वीकृति लिएको भएपनि झुक्याएर इराक पुर्याइएको थियो।

४) उनीहरुलाई आर्मी अफ अन्सर अल सुन्ना नामक एक आतंककारी समूहले केही दिन बन्धक बनाएपछि हत्या गरेको थियो। नेपाल सरकारले बचाउन गरेका अनेक प्रयास सफल हुन सकेनन्। अन्ततः हत्याको खबर अल जजिरा टिभीबाट सार्वजनिक भएको थियो।

५) मारिएका नेपालीका आफन्तले अमेरिकन कम्पनी केबिआर र सोही कम्पनीकै मातहतमा जोर्डनमा काम गर्ने दाउद एण्ड पार्टनर्स बिरुद्ध कानुनी लडाई सुरु गरे। १२ मध्ये १० जनाका परिवारले क्षतिपूर्ति पाएका थिए।

६) नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

७) इराकमा १२ नेपाली मारिएको भिडियो सार्वजनिक भएपछि काठमाडौंमा ठुलो प्रदर्शन भएको थियो । हजारौंको संख्यामा  सडकमा उत्रिएका आन्दोलनकारीहरुले मस्जिद, म्यानपावरका अफिस र पत्रीकाको आफिस तोडफोड गरेका थिए। त्यस घटना भएको लामो समय सम्म   काठमाडौंका घरधनीहरुले  म्यानपावर अफिस खोल्न घर भाडामा दिनै बन्द गरेका थिए। 

८) घटना भए लगत्तै सरकारले उक्त १२ नेपालीलाई जोर्डन भनेर इराक पठाउने मुनलाइट म्यानपावरको लाइसेन्स खारेज गरेको थियो।

९) सन्  २०६१ भाद्र १६ गते भएको आन्दोलन पछि नेपाल सरकारले नेपालीलाई  इराकमा रोजगारीका लागि जान बन्देज लगायो जुन आजका दिनसम्म जारी छ। तर इराककै कुर्दिस्तान लगाएतका क्षेत्रमा आजपनि हजारौं नेपाली काम गरीरहेका छन्।

१०) तत्कालिन न्यायाधिश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरिएपनि उक्त समितिले दिएको प्रतिवेदन दराजमै थन्कियो।

प्रकाशित: १६ भाद्र २०७५ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App