२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुलिसको पहिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ। महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा भएको दिनको पहिलो खेलमा पुलिसले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो। यसअघि सम्पन्न दुई खेलमा पराजित भएको पुलिले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २६–१२ फराकिलो जित निकालेको थियो।

हुलाकी सडकको विवाद समाधान

नेपालगन्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेको छ। संवाद समूह बाँकेको पहलमा वर्षौंदेखिको सडक विवाद साम्य भएको हो।

'मेराे सरकार'प्रति कांग्रेसकाे आपत्ति, संशाेधन प्रस्ताव हाल्ने

राष्ट्रपती विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भनेर सम्बोधन गरेको प्रती नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

इक्विस्ट्रियन हाइजम्पमा घिसिङले बनाए राष्ट्रिय कीर्तिमान

नेपाल आर्मीका जगदीश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड (हर्स राइडिङ) प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन्।

सीमाबाट अवैध सामान बरामद

भन्सार छली नेपाल ल्याइदैँ गरिएको अवैध सुर्ती र चप्पल प्रहरीले बरामद गरेको छ। नेपाल भारत सीमा मालिकार्जुन गांउपालिका वडा नम्बर ७ को महाकाली तटीय क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको उक्त सामाग्री बरामद गरिएको छ।

‘संस्कार नबदलेसम्म हिंसा रोकिन्न’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार नबलेसम्म हिंसा नरोकिने बताएका छन्।

नेपाली नागरिकता र राष्ट्रवाद

‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै’ भनेर नेपालको संविधानको प्रस्तावनामा लेखिएको छ। त्यो ‘हामी’ भन्ने शब्दभित्र नेपाली नागरिक महिलाको ‘अस्तित्व’ पनि जोडिएको छ कि छैन, संविधान निर्माण गर्दा त्यो शब्दभित्र नेपाली नागरिक महिलाको परिकल्पना गरिएको थियो कि थिएन ?

मादक पदार्थ सेवन गरी डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिका प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे नियन्त्रण्मा लिएको हो।

‘नयाँ केही छैन, आश्वासनमात्र’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम आश्वासनको मात्रै भएको आरोप लगाएका छन्।

सरकारको प्राथामिकता क्रिकेटमै, अझैं ओझेलमा राष्ट्रिय खेल

एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई उच्च प्राथमिकता दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आइसिसी वरियतामा नेपाल ११ औं स्थानमा

नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औं स्थानमा उक्लिन सफल भयो। यसअघि नेपाल १४औ स्थानमा थियो।

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन्। सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत आयात गर्ने विषयलाई नीतिगत रुपमा नै समावेश गरेकाले निजी क्षेत्र गर्न तयार देखिएको हो।

नेपाली कांग्रेसको विवृति

संसदीय निर्वाचनमा खसेको विधिमान्य मतको झन्डै एकतिहाइ हिस्सा ओगट्न सफल नेपाली कांग्रेस संसद्मा सुषुप्त अवस्थामा छ। प्रतिहजार साधारण सदस्यको अनुपातमा सबभन्दा धेरे शास्त्री, आचार्य एवं विद्यावारिधिजस्ता शैक्षिक उपाधि प्राप्त अभिज्ञात विद्वान् पनि नेका पंक्तिभित्रै हुनुपर्छ। सभागारहरूमा तिनको बहस भने कमल थापाका हिन्दुत्ववादी प्रचारकहरूको अधिप्रचारलाई आवर्धन (मैग्नफाइ) गर्ने तहभन्दा माथि कहिल्यै उठ्दैन। नेकपा दोहरोका दुवै अंशभूत दलहरूभन्दा धेरै चिकित्सक, वकिल, अभियन्ता एवं प्राध्यापकहरू अझै पनि आफूलाई ‘प्रजातन्त्रवादी’ भनेर चिनाउन मन पराउँछन्। वैचारिक सम्मेलनहरूमा स्वघोषित प्रगतिशील शिक्षक, पत्रकार एवं स्वास्थ्यकर्मीहरूका आक्रामक तर्कका अगाडि भने तिनको बक पनि फुट्दैन। नेका सिंहदरबारबाट बाहिरिएको धेरै भएको छैन। तर सरकारका संयन्त्रहरूमा प्रमुख प्रतिपक्षको प्रभाव शून्यप्रायः छ।

पार्टीमा अनुशासन क्लबको जति पनि भएन : भूषाल

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टीभित्रको सैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन्। पार्टीभित्र कुनै पनि प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्। कार्लमाक्र्सको २ सय १ आंै जन्मशताब्दी मनाउने कार्यक्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन्। ‘बोन्सायी जापनीजहरूले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने। अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ। के भएको छ, भएको छ थाह छैन,’ नेता भुषाले भने।

इन्जिनियरहरुलाई विशिष्टताको प्रमाणपत्र गरिने

नेपाल इन्जिनियर काउन्सिलले विभिन्न क्षेत्रमा न्यूतम दुई दशकदेखि कार्यरत नेपाली इन्जियिनरहरुका क्षमताको प्रमाणीकरण गरी विशिष्टताको प्रमाणपत्र उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्