बैशाख - भन्सार छली नेपाल ल्याइदैँ गरिएको अवैध सुर्ती र चप्पल प्रहरीले बरामद गरेको छ। नेपाल भारत सीमा मालिकार्जुन गांउपालिका वडा नम्बर ७ को महाकाली तटीय क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको उक्त सामाग्री बरामद गरिएको छ।
८९ हजार ५ सय ४० मुल्य बराबरको भारतमा निर्मित एक सय ६० बण्डल घोडा बिडी र चार सय ७९ जोर चप्पल बरामद गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक भीम बहादुर चन्दले बताए।
शनिवार बिहान साढे आठ बजे सशस्त्र प्रहरी नायव निरीक्षक मनिराम पार्कीेको कमाण्डमा गएको गस्ती टोलीले उक्त परिणामको अबैध समान बरामद गरेको हो। सामान ल्याउनेहरु भने सामान छाडेको भागेको उनले बताए।
प्रकाशित: २१ वैशाख २०७६ ०६:३७ शनिबार