२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल बैंक लिमिटेडको ५९औं सभा

१९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको ५९औं साधारणसभा आइतबार सम्पन्न भएको छ। सभाले बैंक सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदनसहितको ०७५ असार मसान्तको वासलात, आर्थिक वर्ष ०७४/०७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ति जस्ता विषय समावेश भएको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ।

मर्जरमा जान दबाब पर्ने गरी नीति बनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले माइक्रोफाइनान्स (लघुवित्त)लाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ नीति ल्याइने बताएका छन्। सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीति संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

‘नेपालमा २५ भन्दा धेरै लघुवित्त काम छैन’

सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शुभारम्भ गर्दै उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीतिलाई संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे समाजवादी पार्टी नेपाल

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ।

फोरम–नयाँ शक्ति एकतामा दमननाथ ढुंगाना पनि सहभागी

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी भएका छन्। आइतबार प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा ढुंगाना पनि सहभागी भएका हुन्।

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानमा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो।

बेलायती महारानीको नक्कल गरियो : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्।

नेपाली रजतपटमा बलिउडको बाछिटा

खासमा नेपाली चलचित्र भारतको प्रविधि मात्र नभएर प्रभावबाटै शुरू भएको हो। अर्को शब्दमा भन्नुपर्दा, नेपाली चलचित्र बलिउड चलचित्रको बाछिटा हो।

शेयर बजारः दोहोरो अङ्कले घट्यो

पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ।

'राज्य संयन्त्रलाई कमजोर बनाउने षडयन्त्र'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नीप्रसाद सापकोटाले कब्जा गरिएका सरकारी, सार्वजनिक र गुठीका जग्गा सम्बन्धी छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्। आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌को छलफलमा भाग लिँदै सांसद सापकोटाले सरकारी जग्गा कब्जा राज्य संयन्त्रलाई कमजोर बनाउने सुनियोजिक षडयन्त्रमा आधारित रहेको समेत दाबी गरे।

अलमलिएका अवसर

नेपाल वायु सेवा निगमले २ वाइड बडी जहाज खरिद गर्दा भएका अनियमितता छानविन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको ४ महिना पुगिसके पनि प्रतिवेदन आउन सकेको छैन। प्रतिवेदन नआएको मात्र होइन, आयोगका सदस्य नै यसबारे बेखबर छन्। सरकारले २०७५ पुस १९ गते पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा ३ सदस्यीय शक्तिशाली छानबिन आयोग गठन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ४५ दिनभित्र आयोगले प्रतिवेदन दिने घोषणा गरेका थिए। अहिले उनैंलाई थाहा छैन कि आयोग के गर्दैछ।

समृद्ध नेपालको सूत्र

धेरै मानिस छन् जो सपनामा विश्वास गर्दैनन् । तर मलाई भने सपना औधी मन पर्छ जसरी अहिलेका प्रधानमन्त्रीलाई पर्छ । भनाइको मतलव प्रधानमन्त्रीले रेलदेखि पानीजहाजसम्म, चुलोमा सोझै ग्यास उपलब्ध गराउनेदेखि अन्तरिक्षमा आफ्नै स्याटेलाइट परिक्रमा गराउनेसम्मका सपना देखाउने गर्नुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । वर्षौँदेखि निराशै निराशाबीच बाँचिरहेका नेपालीका लागि यो आवश्यकमात्र हैन, अत्यावश्यक नै पनि छ । आखिर सपनै देखिएन भने हुन्छ प्रगति कसरी ?

नेपालीय भोजपुरीका ‘पितामह’ मिश्रा रहेनन्

पञ्चायती व्यवस्थामा नेपाली भाषामा समेत पत्रपत्रिका निकाल्न समस्याको सामना गर्नुपर्ने कठिन बेलामा मिश्राले आफु सम्पादक भई भोजपुरी भाषामा ‘सामाद’ नामक पत्रिका प्रकाशन गरेका थिए।

सूचनाको हकविरुद्ध स्थानीय तह

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा २७ मा सुनिश्चित गरेको ‘सूचनाको हक’को प्रतिकूल हुनेगरी पर्साको बिन्दवासनी गाउँपालिकाले निर्णय गरेको छ। संविधानको व्यवस्थाअनुरूप नागरिकलाई सूचनाको हक दिलाउनका लागि विद्यामन ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ विपरीत गाउँपालिकाको कार्यपालिकाले वैशाख १० को बैठकबाट ‘यस गाउँपालिकाबाट चालु आव २०७५÷०७५ का योजना र कार्यक्रम कार्यान्यवन गर्न कार्यबोझ र जनशक्ति अभावको कारण कार्यालय प्रयोजनबाहेक अन्य सेवाग्राहीको हकमा सूचना माग भएमा ६० दिनपछि मात्र सूचना उपलब्ध गराउने निर्णय गरियो,’ उल्लेख छ। ऐनको दफा ७ ले ‘निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्ने’ भनेको छ।

पुलिसलाई मेचीनगर गोल्डकप

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्