२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंक लिमिटेडको ५९औं सभा

काठमाडौं – १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको ५९औं साधारणसभा आइतबार सम्पन्न भएको छ। सभाले बैंक सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदनसहितको ०७५ असार मसान्तको वासलात, आर्थिक वर्ष ०७४/०७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ति जस्ता विषय समावेश भएको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ।

सभामा मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल, गुणराज भट्ट, भक्तिप्रसाद उप्रेती, चन्द्रनारायण श्रेष्ठ, डमरुवल्लभ घिमिरे, अमृतनाथ रेग्मी, उद्धवप्रसाद घिमिरे लगायत सेयरधनीले लाभांश लगायत विभिन्न विषयमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेको बैंकले जनाएको छ।

सो अवसरमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकले सेयरधनीको पुँजीको ट्रस्टीको रुपमा इमानदारीपूर्वक काम गर्दै आएको फलस्वरुप सेयरधनीको लगानी सुरक्षित रहेको, सेयरधनीको पुँजी १० अर्बबाट ३० अर्ब पुगेको र कानुनी प्रक्रिया पुगेपछि सेयरधनीलाई प्रतिफल हस्तान्तर हुने बताएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंक सञ्चालक समिति अध्यक्ष अधिकारीले सेयरधनीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस वर्ष मुनाफाबाट उल्लेख्य मात्रामा रेगुलेटरी प्रोभिजनिङ गर्नुपरेकाले लाभांश दिन नसकेको बताए। आगामी वर्ष वितरणयोग्य मुनाफाबाट नियमानुसार उचित प्रतिफल दिलाउन बैक दृढ संकल्पित रहेको उनको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App