१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अष्ट्रेलियामा नेपाली युवक मृत फेला

१० वर्षे अपाङ्गता भएको बालकको हेरचाह गरिरहेका एक नेपाली नर्सको शव शनिवार एडिलेइड समुन्दी किनारमा फेला परेको छ। अष्ट्रेलियन सञ्चारमाध्यमका अनुसार गत विहीवारदेखि हराइरहेका २२ वर्षीय नेपाली युवा निश्चल घिमिरे नाङ्गै डुबेको अवस्थामा फेला परेका हुन। उनी बस्दै आएका घरमा सोधपुछ गर्दा उनी विहीवार दिउँसो १२ः३० बजे निस्केका थिए।

दिल्लीमा बन्धक बनाइएका नौ महिलाको उद्धार

सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

निगम कार्यकारी निर्देशकका लागि पाँचजना छनोट

रिक्त रहेको नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि लिइएको आवेदनबाट पाँच जनालाई सर्ट लिस्टिङ गरिएको छ। कार्यकारी निर्देशक छनोट गर्न उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वमा गठित समितिले १७ आवेदकबाट पाँच जनालाई पहिलो चरणमा छनोट गरेको हो।

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

नेपाल वायुसेवा निगमले माघ अन्तिम (फ्रेब्रुअरी पहिलो साता) जापन ओसाका सहरमा वाइड बडी जहाज उडाउने बताइरहेको छ। त्यसको लागि निगमले आन्तरिक तयारी समेत थालेको छ। तर, निगमले जापन उडानको लागि लिनुपर्ने अनुमति भने अझै टुंगो लागेको छैन्।

सुदूरपश्चिम गोल्डकपलाई नेपाल आइसको साथ

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको अयोजनामा पुस २४ गतेबाट सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम गोल्डकपलाई सिजी ग्रुपको नेपाल आइस ब्रान्डले मुख्य प्रायोजन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित सम्मझौता कार्यक्रममा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमाल र सिजी ब्रुअरीका सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले सम्झौतापत्रका हस्ताक्षर गरेका थिए।

भण्डारखालमा नेपाल भाषा साहित्य चर्चा

मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा धेरै नाटक खेले, यसको ठीक संख्या उनलाई नै थाहा छैन। तर उनलाई के चाहिँ थाहा छ भने उनले जति नाटक खेले, त्यसमध्ये सबैभन्दा मन छुने थियो, किसी न्याइम्ह मदनमान। यस्तो किन भन्दा यो नाटक थियो, उनको मातृभाषा नेपाल भाषामा।

मुसहर परिवारलाई विद्यार्थीले दिए न्यानो कपडा

विपन्न मुसहर परिवारलाई ओड्ने ब्लांकेट तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडाको अभावले जाडोले कष्टकर दैनिकी गुजार्दै आएका जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका मुसहर बस्तीमा शनिवार विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनले ब्लांकेट र लगाउने न्यानो कपडा वितरण गरेको हो।

मातृशोकमा रहेका रविले लेखेः मेरो जीवनको खुसी खोस्यौ दैव!

नेपाल आइडल सिजन २ का विजेता रवि ओडले आमाको सम्झनामा कविता लेखेका छन्। आइडल विजेता भएको दोस्रो दिनमै रवीले कर्म दिने आमा गुमाएका थिए। जन्मदिने आमालाई ५ वर्षकै उमेरमा गुमाएका रवीले आइडल भएपछि कर्म दिने आमा विश्नालाई भेट्न पाएनन। उनी आउनुअघि नै विश्नाको करेन्ट लागेर निधन भयो। आइडलमा पाएको सफलताको खुसी आमासँग साट्न नपाएपछि रवीले कर्मदिने आमाको सम्झनामा मर्मस्पर्शी कविता लेखेका हुन्।

सरकार विरुद्ध सदन र सडक तताउँछौं : महत

नेपाली कांग्रेसका सहमहान्त्री डा.प्रकाशसरण महतले कांग्रेस एक ढिक्का भएर जनविरोधी सरकारी रबैयाको प्रतिकारमा उत्रने बताएका छन्।

डिजिटल नेपालको ढाँचा महिना दिनमैैः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याउने बताएका छन्।

अनुभवको अभिव्यक्ति

कुनै दुर्घटनामा परेपछि त्यसको कारण नखोतल्ने र आफूलाई नसच्याउने हो भने फेरि अर्को दुर्घटनामा परिन्न भन्ने हुन्न। किनभने, बिनाकारण कुनै घटना हुन्नन्। अहिले नेपाली कांग्रेस बदलिँदो राष्ट्रिय राजनीतिको समीकरणबाट सिर्जित दुर्घटनाको चोटबाट थलिएको छ।

सामाजिक विसंगतिप्रति प्रहार

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

झोराहाट नाट्य समूह

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

भजन ब्युताउँदै पाणिनिका युवा

केही समयअघि गोपी फिल्मको एक गीत युट्युबमा आयो। फिल्मका निर्देशक दीपेन्द्र लामाले एक मिठो गीत रोजेछन्, नेपाली शैलीको। जसले पुरानोको भाका भजनको झझल्को दिन्थ्यो।

आज नेपालभाषा साहित्यको नखः

उपत्यकाका स्थानीय नेवार जनताले बोल्ने नेपालभाषा (नेवार भाषा) साहित्यका दृष्टिले अत्यन्त समृद्ध भाषामध्ये एक हो। आजभन्दा ६ सय वर्षअघि नै यो भाषाको सिर्जनात्मक लेखन आरम्भ भइसकेको प्रमाण पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्