१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

काठमाडौं - नेपाल वायुसेवा निगमले माघ अन्तिम (फ्रेब्रुअरी पहिलो साता) जापन ओसाका सहरमा वाइड बडी जहाज उडाउने बताइरहेको छ। त्यसको लागि निगमले आन्तरिक तयारी समेत थालेको छ। तर, निगमले जापन उडानको लागि लिनुपर्ने अनुमति भने अझै टुंगो लागेको छैन्।

त्यसैगरी जापनपछि गन्तव्य बिस्तारको क्रममा चीनको ग्वान्झाओमा उडान गर्ने योजना निगमको छ। ग्वान्झाओमा जापनपछि लगतै उडान गर्ने बताउँदै आएपनि त्यसको पनि अनुमति निगमले पाएको छैन्। निगमले उडान अनुमतिको लागि आवेदन भने दिएको छ। आवेदन लिएपछि देशअनुसार निश्चित अवधिभित्र अनुमति दिने वा नदिने विषयमा निर्णय हुन्छ। चीनमा बढीमा ४५ दिन र जापनमा बढीमा ३५ दिनभित्र निर्णय दिनेछन्।

निगमका अनुसार मंसिर १६ गते चीनको ग्वान्झाओमा उडानको लागि औपचारिक निवेदन पेश गरिएको छ। उक्त मितिले तोकिएको समय पुग्न हप्ता दिनमात्रै बाँकी छ। ४५ दिन पुग्नै लाग्दापनि उडान अनुमतिको निर्णय भने चीनले गरेको छैन्।त्यसैगरी जापनको ओसाकामा उडान अनुमतिको लागि गत मंगलबार औपचारिक निवेदन दिइएको छ। निवदेन दिएको ३५  दिनभित्र निर्णय सकरात्मक आउने पर्खाइमा निगम छ।

जापनसँग भने यसअघि पनि छलफल भएको थियो। केही साताअघि ओसाका अन्र्तराष्ट्रिय विमानस्थलका एशिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउले सहितको टोली र निगमका पदाधिकारीबीच छलफल हुँदा सकरात्मक कुरा भएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए। निगम सोही अनुसार जापनमा उडान अनुमति सजिलै  पाउनेमा ढुक्क छ। त्यसैले अनुमति पाउने वा नपाउने टुंगो नहुँदै निगमले जापानको ओसाकाका लागि स्टेसन  खोल्नेदेखि कर्मचारी नियुुक्तिसम्मको काम गरिसकेको छ।

जापनको लागि स्टेसन म्यानेजरमा नियुक्ति पाएका सन्तोष पाण्डेले नै त्यहाँ पुगेर औपचारिक निवेदन पेस गरेको निगमका सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए। निगमले दशकअघिसम्म जापनको ओसाकामा उडान गर्दै आएको थियो। निगमसँग भएको बोइङल ७५७ मार्फत काठमाडौं–संघाई हुँदै ओसाका  विमानस्थल पुग्थ्यो। हप्तामा दुई पटक उडान गर्दै आएको निगमले जहाज अभाव भएको भन्दै २०६४ सालबाट उडान बन्द गरेको  थियो। निगमले दुई वटा वाइड बडी जहाज खरिदसँगै गन्तव्य विस्तारको लागि पुनः ओसाका  उडानको तयारी थालेको हो।

त्यसैगरी निगमले चीनको ग्वान्झाओमा पनि स्टेसन खोल्ने तयारी गरेको छ। यहाँ भने निगमको पूर्ण रुपमा नयाँ गन्तव्य हो। त्यसैले यहाँ स्लट समेत नयाँ लिनुपर्दछ। जापनमा भने स्लट पुरानै छ। यसअघि निगमले जापनमा उडान गरिसकेको र केही हप्ताअघि अनौपचारिक सम्झौता समेत भएकाले जापन उडान पाउनेमा निगम ढुक्क भएपनि चीनको ग्वान्झाओमा भने ढुक्क छैन्। निगमका एक अधिकारीका अनुसार मन्त्रीस्तरबाटै अनुमतिको लागि पहल भएको छ। त्यसबाट पनि नभएको खण्डमा सरकारले कुटनीतिक पहल थालेर भएपनि अनुमति  लिने निगमले जनाएको छ। अनुमति पाएपछि ओसाकामा साताको तीन र ग्वान्झाओमा  पनि साताको तीन उडान गर्ने योजना निगमको छ। उडान अनुमतिको दिनको लागि सम्बन्धित देशले एअरलाइन्सको सुरक्षास्थिती तथा समग्र अवस्थाको अध्ययनलाई आधार बनाउँछन्।

निगमसँग  हाल अन्र्तराष्ट्रिय उडान गर्ने २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। दुई वटा वाइड बडी भने गत असार र साउन महिनामा खरिद गरेर ल्याइएको हो। लामो अन्र्तराष्ट्रिय दुरीमा उडान गर्न ल्याइएका यी जहाज गन्तव्य नपाउँदा न्यारो बडी जहाजले उडान गरिरहेको ठाँउमा उडान गरिरहेका छन्। हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्लीलगायतका छोटो दुरीका गन्तव्यमा उडिरहेका छन्।

प्रकाशित: १५ पुस २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App