१५ असार २०८१ शनिबार
image/svg+xml

यतीको सिमरा उडान सुरु

निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले बुधबार सिमरा उडान सुरु गरेको छ। कम्पनीले १२ वर्षपछि पुनः सिमरा उडान सुरु गरेको हो।

शीतलहरले दुई दिनदेखि सिमरा विमास्थल ठप्प

चिसो बढेपछि सिमरा विमानस्थल दुई दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।

फोहोर व्यवस्थित नहुँदा सास्ती

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

हुण्डी कारोवार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।

आर्मीलाई हराउँदै थ्री स्टारले उचाल्याे सिमरा गाेल्डकपकाे उपाधि

साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले रुस्लान दशौं सिमरा गोल्डकपको उपाधि उचालेको छ। सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै थ्री स्टारले पहिलो पटक सिमरा गोल्डकपको उपाधि उचालेको हो।

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ। ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्।

सिमरा गोल्डकपको उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने

हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले बाराको सिमरामा जारी दशौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। जितसँगै शनिबार हुने उपाधि भिडन्तमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको छ।

आर्मी सिमरा गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी क्लव सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधवार भएको पहिलाे सेमिफाइनल खेलमा आयोजक नव जनजागृती युवा क्लवलाई १–० ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेकाे हाे।

सिमरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

रुस्लान थ्री स्टारले सिएमजी संकटा क्लबलाई २–० ले पराजित गर्दै सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको मंगलबारको खेलमा थ्री स्टारका विदेशी खेलाडी फोफना फोडे र सुसन श्रेष्ठले समान १–१ गोलको योगदान गर्दै आफ्नो टिमलाई अन्तिम चारमा पुर्याए।

पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसलाई २–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ। सोमबार सिमरा रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले समान १–१ गोलको योगदान गरे।

एपीएफलाई पराजित गर्दै आर्मी सिमरा गोल्डकपकाे सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दशौं संस्करणको सिमरा गोल्डकप फुटबलका सेमिफाइनल प्रवेश गरेको छ।

सिमरा गोल्डकप : संकटा अन्तिम आठमा

सिएमजी संकटा क्लब दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम ८ मा प्रवेश गरेको हो।

एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा

विशाल मेमोरियल फाउन्डेशन वीरगन्जलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लबले सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

सिमरा गोल्डकपमा आयोजकको विजयी सुरुआत

मकवानपुर– ११ हेटौंडालाई ३–० ले पराजित गर्दै आयोजक नवजनजागृति युवा क्लबले सिमरामा बिहीबारदेखि सुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी सुरुवात गरेको छ। सिमरा रंगशालामा भएको उद्घाटन खेलमा नवजनजागृतिका लागि नीरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्