coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

यतीको सिमरा उडान सुरु

फाइल तस्वीर

निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले बुधबार सिमरा उडान सुरु गरेको छ। कम्पनीले १२ वर्षपछि पुनः सिमरा उडान सुरु गरेको हो। यतीले नाइन एन–एआइएच कल साइनको जेटस्ट्रिम–४१ विमानमार्फत सिमरा उडानको सुरु गरेको हो।

बुधबारको उडानमार्फत सिमरा जाने यात्रुमध्येबाट एकजनालाई गोलाप्रथाबाट निःशुल्क टिकट दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले काठमाडौं–सिमरा–काठमाडौंको लागि प्रमोसनल सुरुआती भाडा एक हजार नौ सय ९९ रूपैयाँ तोकेको छ। सिमरामा हाल दुई उडानबाट सेवा सुरु गरेको यतीले माग अनुसार उडान थप हुने जनाएके छ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App