१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सिमरा गोल्डकप : संकटा अन्तिम आठमा

बललाई नियन्त्रणमा लिन प्रयास गर्दै संकटा र सरस्वतीका खेलाडी । तस्बिर : नागरिक

बारा – सिएमजी संकटा क्लब दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम ८ मा प्रवेश गरेको हो।

संकटाको जितमा गोलकिपर राजाबाबु थापा नायक रहे। उनले सरस्वतीका ३ खेलाडीको पेनाल्टी प्रहार विफल पारेका थिए। खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट सरस्वतीले खेलमा अग्रता बनाएपनि ५८ औं मिनटमा संकटाका जय गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार राजाबाबुले रोकेका थिए। सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइब्रेकरमा गोल गरे। संकटाका लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले पेनाल्टीमा गोल गर्दा अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। खेलमा ३ पेनाल्टी प्रहार रोकेका राजाबाबु थापा म्यान अफ दि म्याच घोषित भए।

सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमिफाइनल प्रवेशका लागि मंगलबार थ्री स्टार क्लबको सामना गर्नेछ।  प्रतियोगितामा आइतबार दुई विभागीय क्लब एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ६ माघ २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App