१७ असार २०८१ सोमबार
image/svg+xml

सिमरा गोल्डकप माघ ३ देखि, १० टाेली सहभागी हुने

माघ ३ गते देखि सुरु हुने दशाैं संस्करणकाे रुस्लान सिमरा गोल्डकपमा कुल १० टाेलीले सहभागीता जनाउने भएका छन्।

राजमार्गमा रोकिने गाडीबाट पार्किङ शुल्क असुल्दै उपमहानगरपालिका

जितपुरसिमरा उपमहानगपालिकाले वीरगन्ज–पथलैया व्यापारिक मार्गमा नियमविपरीत जबर्जस्ती पार्किङ शुल्क असुल्ने गरेको पाइएको छ। स्थानीय तहले निर्माण गरेको पार्किङ स्थलमा सवारीसाधन राख्दा मात्र शुल्क लिन पाउने नियम छ।

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

सिमरा विशेष आर्थिक क्षेत्रभित्र बनिरहेको गार्मेन्ट प्रशोधन केन्द्र वर्ष दिनभित्र तयार हुने भएको छ । भौतिक पूर्वाधार निर्माण काम भइरहेको उक्त क्षेत्रलाई वर्ष दिनभित्र प्लटिङ सकेर उद्योग स्थापनाको काम सुरु गर्ने विशेष आर्थिक क्षेत्र, प्राधिकरणले जनाएको छ।

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले  थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।

सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी

रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ। सिमरा रङ्गशालामा भएको खेलमा थ्री स्टारले सुदूर पश्चिमलाई ४–२ गोलले हराएको हो। निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

माघ २५ बाट सिमरा गोल्डकप

सिमरा गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण माघ २५ गतेबाट आयोजना हुने भएको छ।  आयोजक नवजनजागृती युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

जीतपुर-सिमरा उपमहानगरमा ८४ करोड ५० लाख बजेट बिनियोजन

सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा बिहीबार सम्पन्न भएको छ । उपमहानगरको प्रथम नगर सभाले चालु वर्षका लागि ८४ करोड ५० लाख दुई हजार आठ सय ९२ रुपैयाँको बजेट बिनियोजन गर्दै सडक सञ्जाल, शिक्षालाई मुख्य प्राथमिकतामा राखेको हो ।

जितपुर-सिमरा उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

जितपुर-सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याई विजयए भएका हुन्। उनका निकटतम प्रतिन्द्वन्द्वी नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए।

जितपुरसिमरामा एमाले, महागढीमाईमा काँग्रेसको अग्रता

जिल्लाको १६ वटा स्थानीय तहहरुमा सोमबार सम्पन्न भएको तेस्रो चरणको निर्वाचनको मत गणना कार्य मंगलबार दिउँसोबाट शुरु भएको छ।

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्