६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।

जावाको दसैंतिहार बहार

दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।

राजश्व छलीका सामान पक्राउ

लालपत्तास्थित उदयपुर सप्तरीको सीमानाकामा प्रहरी चौकीले गर्ने नियमित चेकजाँचको क्रममा फेला परेको सामान कर छलीको भएको हुनसक्ने भन्दै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी

दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ।

वर्ल्डलिंकको दसैं अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।

भिड छ, व्यापार छैन

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

दसैँकाे टिकाकाे साइत दश बजेर दुई मिनेट जाँदा

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

गोदरेजको पर्वलक्षित योजना

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दसैं र तिहारलाई लक्ष्य गरी ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ।

टिभिएसको ग्रान्ड दसैं एक्सचेन्ज मेला

नेपालका लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले असोज १ गतेदेखि टिभिएस ग्रान्ड दसैं एक्सचेन्ज मेला सुरु गरेको छ।

२०७८ सालमा तीनवटा दसैं

वि.सं. २०७८ सालमा तीनवटा दसैं परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैं परेको छ। वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

मासु, नयाँ लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले

तल्लो, माथिल्लो र वरिपरिका घरमा दसैंको भिन्नै रौनक थियो। विश्वभरि फैलिएको कोरोना भाइरसको त्रासका बीचमा मनाइएको दसैंमा सबैका घरघरमा मासु, भात पाक्यो। नयाँ कपडासँगै निधारमा रातो टीका र कानमा पहेँलो जमरा सबैले लगाए। वीरेन्द्रनगर नगरपालिका–५, खार्खोलाका सिउराम (६०) र उनकी श्रीमती विष्णु सुनारले (६५) दसैंमा पनि नयाँ लुगा फेर्न पाएनन्। उनीहरूले गत वर्ष छिमेकीले दिएका कपडासँगै दसैं मनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्