coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकको दसैं अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।

कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रूपैयाँमै ४० एमबिपिएस गतिको इन्टरनेट प्याकेज पाउनेछन्। यसमा एउटा नेटटिभी समेत निःशुल्क रूपमा उपलब्ध हुनेछ। यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ। ६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैं अफरमा सहभागिता जनाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

निकै लामो समयपछि  वर्ल्डलिंकले ल्याएको ६ महिने प्याकेजको मूल्य ७९ सय रूपैयाँ राखिएको छ। यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबिपिएस गतिको इन्टरनेटका लागि मासिक १३ सय १७ रूपैयाँ पर्नेछ। त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२ सय रूपैयाँमै दुईवटा नेटटिभी सहितको ६० एमबिपिएस इन्टरनेट प्याकेज समेत ल्याएको छ। यही प्याकेज ६ महिनाका लागि किन्ने ग्राहकलाई भने मासिक १४ सय ३४ रूपैयाँ पर्नेछ।

यसअघि ४० एमबिपिएस र ५० एमबिपिएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबिपिएस र एक सय एमबिपिएसको इन्टरनेट प्याकेज लिन सकिनेछ। जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४ सय रूपैयाँमै दुइटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ। 

यस्तै, तीनटा नेटटिभी सहित एक सय एमबिपिएसको इन्टरनेट प्याकेजको मासिक १६ सय रूपैयाँ पर्नेछ। ८० एमबिपिएस र सय एमबिपिएस इन्टरनेट प्याकेजको ६ महिने सब्सक्रिप्सनमा समेत दसैं अफर लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दुइटा नेटटिभी सहित ८० एमबिपिएसको ६ महिने सब्सक्रिप्सनको मूल्य १० हजार एक सय रूपैयाँ र तीन नेटटिभी सहितको सय एमबिपिएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार पाँच सय रूपैयाँमा पाइन्छ छ।  

प्रकाशित: ११ आश्विन २०७८ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App