५ आश्विन २०८१ शनिबार
image/svg+xml

राउटे बस्तीमा दसैँको चटारो

दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन्। किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ।

दसैंका मुखमा खाद्य डिपो रित्तै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्।

कोरोना बिर्साउने ‘दसैं बजार’ (फोटोफिचर)

यो पटक कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। दुइवर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका नागरिक यो पटक ढुक्कले टाढाटाढासम्म यात्रा गर्दैछन्। त्यत्तिमात्र नभई बजारमा किनमेल गर्नेको उत्तिकै भीडभाड छ। बसपार्कमा सवारी कुर्नेको भीड पनि कम छैन। सर्वसाधारणले सकसका साथ यात्रा गरिरहेका छन्। अघिल्ला दुइवटा दसैंलाई दुखम् सुखम् पार लगाएका सर्वसाधारण यो वर्ष भने केही ढुक्कले घर फर्केका छन्।

असुररूपी मनमाथि विजय प्राप्त गर्ने शक्ति

शक्तिको स्वरूप, विद्याको स्वरूप र अन्धकार नाश गरी दिव्यताको स्थापनामा नारी शक्तिको महत्त्वलाई उच्च स्थान दिइनुमा शारीरिक रूपमा नारीको प्रतीक मात्र नभएर आन्तरिक शक्ति, विवेक र धैर्यको प्रतीकलाई महत्त्वका साथ हेरिएको छ।

लोप हुँदै लिंगे पिङ

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैँ पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ। पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो। अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैँ दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन्। रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैँको आभाष हुने गरेको थियो।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन।

कोरोनापछि उत्साहित दसैं बजार

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्।

दशैँ मनाउन घर फर्किनेको लर्को

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्।

यी हुन् भक्तपुरे दसैंका विशेषता

नेपालीको महान् चाड दसैं सोमबारदेखि देशैभर सुरु हुँदै छ, तर देशैभरिको दसैंभन्दा फरक छ भक्तपुरको दसैं।

टाटा मोटर्सको दसैं अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत दसैंको अवसरमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ देखि १४ गतेसम्म बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

दसैं बजार अनुगमन बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्