२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुल निर्माणको नियमित अनुगमन प्रहरीबाट

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दोभान स्थित तमोर नदी माथि निर्माणाधिन पुलको पछिल्लो निमार्णको कार्यको नियमित अनुगमनको जिम्मा दोभान प्रहरीलाई दिएका छन् ।

ठेकेदार पक्राउ गर्न प्रहरी परिचालन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टाबारी र हरिपुरमा पुल निर्माण पूरा गर्नुपर्ने समयावधि दुई वर्ष नाघिसक्यो । २०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गर्दा क्षति पुगेको र हरिपुरमा निर्माण थालिएको पुल २०७२ चैत ६ गते नै पूरा गर्नुपर्ने हो । तर, भण्टाबारीको ३३ प्रतिशत र हरिपुरको नौं प्रतिशत मात्र काम पूरा भएको छ।

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन्।

गाउँपालिका र प्रहरीका लागि ८ रोपनी जग्गा दान

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। पारच्याङका स्थानीयले गाउँपालिकालाई ५ रोपनी र प्रहरीलाई ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । कालु घले, दमै सार्की, कामी घले, हर्क घले, मेन्दो घले, मेम्बा घले, ल्हाचुन घले र काजी घलेले निशुल्क जग्गा उपलब्ध गराएका गाउँपालिकाले जनाएको छ।

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

खोटाङको ईलाका प्रहरी कार्यालय हलेसीमा पहिलोपल्ट प्रहरी निरीक्षक खटिएका छन्। स्तरोन्नती भएको तीन वर्षपछि मात्र हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको उपस्थिति भएको हो।

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

कञ्चनपुर जिल्लामा सीमा सुरक्षाकालागि सशस्त्र प्रहरी बलले ‘फोर्स मार्च’ अभियान शुरु गरेको छ।

गाउँपालिका र प्रहरी चौकीका लागि ८ रोपनी जग्गा दान

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्।

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

रौतहटको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा भइरहेको राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक रौतहट प्रहरीले सक्रियताका साथ तस्करीको जालो नै भत्काउन थालेको देखिएको छ।

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

दुई प्रहरी र एक सर्वसाधारण मारिए

बेल्जियमको पूर्वी सहर लिगीमा एक आक्रमणकारीले गोली प्रहार गरी दुई प्रहरी र एक सर्वसाधारणको हत्या गरेको छ।

प्रहरीको ‘एक घर एक स्टिकर’ अभियान सुरु

नागरिक सूचना र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले ‘एक घर एक स्टिकर’ टाँस अभियान सुरु गरेको छ। प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनकालागि प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यलयले सोमबारदेखि घर–घरमा सुचना टाँस्ने अभियान सुरु गरेको हो।

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन्।  फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो।

चारसय प्रहरी निरीक्षक सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालय नक्सालले चार सय प्रहरी निरीक्षक(इन्सपेक्टर)हरूको सरुवा गरेको छ।उनीहरूकाे २०७५ साल जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्