२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र ट्रेलर सार्वजनिक गरेको हो।

व्यवसायीलाई लगाउने मुद्दा खोज्दै प्रहरी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका सबै सिन्डिकेट अन्त्य गर्ने निर्णयसँगै पक्राउ परेका व्यवसायीमाथि कुन मद्दा लगाउने भन्नेबारे यकिन भइसकेको छैन ।

‘तरकारीका बिचौलियाले दुःख दिए प्रहरीलाई खबर गर्नुस्’

सार्वजनिक यातायातमा दशकौंदेखिको सिन्डिकेटको जालो तोड्नमा सहयोगी काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषिउपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रित हुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रमुख धिकारीज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

भारतीय युवावाट प्रहरीले पैसा लिएपछि सीमा पारीबाट आएको धम्कीले दशगजाको सिरानमा रहेको डोकेबजारमा त्रास छाएको घटनाको छानविन शुरु भएको छ।

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

नेपाल प्रहरीको प्रवक्तामा एसएपी शैलेश थापा

नेपाल प्रहरीको प्रवक्तामा एसएपी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रशासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै संरक्षणमा फेरि बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।पुनर्निमाणका बेला बालुवा, गिटी अभावको फाइदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभाबी तामाकोसी नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

नक्सलवादी समूहद्वारा विष्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु

छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ््याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ।

‘प्रहरीले भारतीय युवाबाट पैसा लिएपछि सीमामा त्रास’

नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए।

प्रहरीकै आडमा तामाकोसीमा बालुवा तस्करी

महिना दिन अगाडि स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि प्रशासनकै आडमा रातको समयमा शुरु भएको छ ।

सडक निर्माणमा ढिलाई गर्ने ठेकेदार प्रहरी चौकीमा

सम्झौता भएको मितिमा पनि सडक निर्माणकार्य सम्पन्न नगर्ने ठेकेदारलाई प्रहरीले पक्रिएर काम छिटो सक्न कागज गराएर छाडेको छ। प्रदेश ४ र प्रदेश ३ को राजधानी जोड्ने पृथ्वी राजमार्गको गगनगौँडा खण्डमा निर्माणाधीन सडकको कालोपत्रे गर्न ढिलाई गरेको भन्दै प्रहरीले निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई झिकाएको थियो।

सिजी मोटोकर्पद्वारा प्रहरीलाई सिसी क्यामरा

सिजी मोटोकर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा (सिसी क्यामरा) हस्तान्तरण गरेको छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक, सिताराम हाछेथुलाई कम्पनीका कार्यकारी निर्देशक, करण चौधरीले उक्त क्यामरा हस्तान्तरण गरेका हुन्।

कामचोर ठेकेदार अब प्रहरी खोरमा

गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्