coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

फाइल तस्बिर

महेन्द्रनगर– कञ्चनपुर जिल्लामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलले ‘फोर्स मार्च’ अभियान शुरु गरेको छ।

सशस्त्र प्रहरी बल हेर्डक्वारको निर्देशन अनुसार शसस्त्र प्रहरीले कञ्चनपुरको भारतसंग जोडिएको दक्षिणी क्षेत्रदेखि ‘फोर्स मार्च’ शुरु गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मझगाँउ, कञ्चनपुरका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बेल्डाँडी गाउँपालिका–५ झिलमिलादेखि  सीमा सुरक्षा अभियान शुरु भएको बताए। 

उपरीक्षक श्रेष्ठका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराको नेतृत्वमा ३२ जनाको टोली खटाईएको छ । टोलीले सीमा क्षेत्रमा लाईनबद्ध भएर गस्ती गर्ने छ। 

सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले अभियान अन्तर्गत सीमा क्षेत्रका विद्यमान समस्या पहिचान गर्ने, जनताको भावना र माग बुझ्ने, सीमा स्तम्भको अवस्था अध्ययन गरिने बताए। ‘बेल्डाँडी गाउँपालिका–५ झिलमिलादेखि पुर्नवास नगरपालिका–११ डोकेबजारसम्मको ६५ किलोमिटर दुरीमा पैदल गस्ती गछौँ, ‘उनले भने, ‘यस दौरानमा सीमा क्षेत्रको देखिएका समस्या पहिचान गछौँ।’ सात दिनसम्म संचालन हुने अभियानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)संग पनि समन्वय गर्ने उनले जानकारी गराए।

सीमा सुरक्षाकालागि नागरिक स्तरबाट सुझाव पनि संकलन गरिने र प्रत्यक्ष अवलोकनबाट आएका विषयलाई संकलन गरी मुख्यालयमा प्रतिवेदन पेश गर्ने उनले बताए। ‘सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलको माग आएको छ, ‘उनले भने, ‘जनताको मागलाई सम्बोधन हुने गरि सरकारले ल्याएको कार्यक्रम प्रभावकारी बनाउन सशस्त्रले सीमा क्षेत्रमा अभियान थालेको हो।’

अहिले जिल्लाको दक्षिणी क्षेत्रतिर अभियान संचालन गरिएको र त्यसपछि महकाली पारी दोधारा र चाँदनी तथा र भीमदत्त नगरपालिकाको उत्तरी सीमा क्षेत्रमा समेत फोर्स मार्च गरिने शसस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए। 

सशस्त्र प्रहरी बलले १२९ दशमलभ पाँच किलोमिटर दुरीको कञ्चनपुरको महकाली नगरपालिका (दोधारा–चाँदनी) र बेलौरी दुई ठाँउमा मात्रै बोर्डर आउट पोष्ट स्थापना गरेको छ। यसले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप एवम् नेपाली भूमिमाथी हुने हस्तक्षेप रोकिने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको दावि छ। 

सात दिनको अवधिमा सशस्त्र प्रहरी बलका अधिकृतले पनि टोलीको सुपरिवेक्षण गर्नेछ। कञ्चनपुरको सीमा सुरक्षाका लागि स्थानीयले पटक–पटक सरकारसंग सीमा सुरक्षा बलका क्याम्प स्थापनाका लागि माग गर्दा समेत सरकारले सुनुवाई नगरेको गुनासो बढिरहेका बेला सशस्त्रले सीमा क्षेत्रमा देखाउने उपस्थितीले पनि जनतालाई राहत महसुस हुने उनको भनाई  छ। 

पर्याप्त जनशक्ति, स्रोत साधन अभाव भएका कारण पनि बेला बेलामा भारतीय पक्षबाट हस्तक्षेप एव खुला सीमा भएका कारण अपराधिक कृयाकलाप नियन्त्रण गर्न समस्या भएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको नियमित उपस्थिती नभएका कारण सीमा मिचिने एव अपराधिक कृयाकलाप बढ्दै गएको स्थानीयको भनाई छ। 

बेल्डाँडीका स्थानीयले गस्तीसंगै कञ्चनपुरको सीमा क्षेत्रमा स्थायी शसस्त्र प्रहरी बलका क्याम्प स्थापना गर्नुपर्ने बताए। पुर्नवास, बेलौरी, बेल्डाँडी, दोधारा, चाँदनी र बम्ह्रदेबमा तत्काल सशस्त्र प्रहरी बलका सीमा क्याम्प राखनुपर्ने स्थानीयको माग छ। 

सीमा क्षेत्रमा नियमित गस्ती गर्ने शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मझगाँउ, कञ्चनपुरले जनाएको छ। 

प्रकाशित: २१ जेष्ठ २०७५ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App