२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मसाल जुलुसमा प्रहरीको लाठी चार्ज, दुवै पक्षका केही घाइते

पछिल्लो समय सरकारले गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि सिन्धुलीमा भएको यातायात अबरोधको विरोध गर्दै नेपाल विद्यार्थी संघ रामेछापले विहीबार साँझ सदरमुकाम मन्थलीमा निकालेको मसाल जुलुसमा दोहोरो झडप हुदा विद्यार्थी विद्यार्थी सहित केही कांग्रेस नेता तथा केही प्रहरी समेत घाइते भएका छन्।

बालक हत्या आरोपमा प्रहरी र शिक्षक पनि अनुसन्धानमा तानिए

गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

बुधबारको नागरिक न्युजमा छाउगोठमा किशारीको मृत्यु, चार दिनपछि प्रहरी घटना स्थलमा भन्ने समाचार प्रकाशन भएपछि अछाम प्रहरीले मृत्यु भएकी किशोरीको शवलाई उत्खनन् गर्ने भएको छ। अछामको तुर्माखाँदगाउँपालिका–४ जयागाउँकी पार्वती बुढाको शवलाई प्रहरीले उत्खनन् गरी पोष्टमार्टम गर्ने भएको हो।

सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा

अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दे सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ।

नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले एक राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीको आन्दोलनमा पछिल्लोपटक प्रहरीले स्थिती नियन्त्रणको लागि पहिलोपटक हवाईफायर गरेको हो।

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआइजीमात्र रहने निर्णय गरेको छ।

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

एमकेका साझेदार खोज्दै प्रहरी

सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्।

अफगान सुरक्षाकर्मीको शिविरमा आक्रमण, १९ प्रहरीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन्।

रौतहटमा आमाछोराको शंकास्पद मृत्यु, प्रहरी पुग्दा परिवारका सदस्य फरार

रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ।

नेपाल प्रहरीमा ५, सशस्त्रमा २ एआइजी प्रस्ताव

संघीय प्रहरी ऐन नबन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने भएको छ। गृह मन्त्रालयले नेपाल प्रहरीमा प्राविधिकसहित ५ र सशस्त्र प्रहरीमा दुई एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्