धनुषा- प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ।
केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी विहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक बिदा दिने प्रदेश सरकारकाे निर्णय
ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेशसभाबाट सो ऐन पास हुनेबित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ।
त्यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।
प्रकाशित: ३१ जेष्ठ २०७५ १६:४३ बिहीबार