शशांकको चिठ्ठी देउवालाई
१४औं महाधिवेशनको कार्यक्रमहरू समेत तय भइसकेको अवस्थामा एकांकी रूपमा हुने निर्णयले महाधिवेशनको निष्पक्षता र सुनिश्चितताको सवाल गम्भीर रूपमा प्रभावित हुनसक्ने आशंका उत्पन्न भएको छ।
१४औं महाधिवेशनको कार्यक्रमहरू समेत तय भइसकेको अवस्थामा एकांकी रूपमा हुने निर्णयले महाधिवेशनको निष्पक्षता र सुनिश्चितताको सवाल गम्भीर रूपमा प्रभावित हुनसक्ने आशंका उत्पन्न भएको छ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने नीति अख्तियार गरेपछि असन्तुष्ट नेता आपसी असमझदारी हटाउने प्रयासमा जुटेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ।
नेपालगन्जको खजुरा रोडमा रहेको चप्पल उद्योगमा भिषण आगलागी भएको छ। जय सियाराम मेनिफ्याक्चरिङ इण्डष्ट्रीज प्रा.लि. मा मंगलबार मध्यराती करिव १ बजेतिर आगलागी भएको हो। आगलागीबाट ठूलो क्षति भएपनि एकिन विवरण संकलन नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रका घरको संख्या, किसिम मात्रै होइन उपमहानरभित्र बसोवास गर्नेको पनि यकिन विवरण छैन।
चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।
व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन्।
युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ। सोमबार दुई नेपाली सहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश, दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको छ।
नेपालगन्ज उपमहानगरको ‘मुटु’ मानिने धम्बोझी चोकदेखि खजुरा जोड्ने सडक खण्डमा अचेल दिनहँुजसो दुर्घटना भइरहन्छन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरेका छन्। वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसले सन्तोषजनक भूमिका देखाउन नसकेको उनको टिप्पणी छ।
नेपाल विद्यार्थी संघले कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ।
सुशिल कोइरालाका पालामा पार्टीचिभित्र भागवण्डाका लागि शेरबहादर देउवाले अख्तियार गरेको बैठक बहिस्कारलगायत गलत संस्कारको फेरोलाई अलिे रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले समातेको छ। यसले गर्दा पार्टी सुदृढीकरण अभियानमा बाधा पुगेको छ।
नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ।