२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेविसंघले बाड्यो एक हजार 'मास्क'

काठमाडौं - नेपाल विद्यार्थी संघले कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ। नेपाल विद्यार्थी संघ भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको नेतृत्वमा आइतबार बिहान एक हजार मास्क वितरण गरिएको हो।

भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निशुल्क मास्क वितरण कार्यक्रम नेविसंघले संघले देशभर संचालन गर्ने कार्यक्रममा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

उनकाअनुसार मास्क वितरण कार्यक्रमको उद्घाटन नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन।  कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रिय सदस्य संजिव खड्का संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिना लगाएतका नेताहरू सहभागी थिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सबै नेताहरूले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभूति गराउन सरकारसँग माग गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App