२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पूर्वसैनिकलाई ५१६० वर्ष जेल सजाय

देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भूमिका रहेको भन्दै ग्वाटेमालाका एक पूर्वसैनिकलाई पाँच हजार एक सय ६० वर्ष जेल सजाय तोकिएको छ।

ओझेलिँदै ‘शान्ति स्थल’

सशस्त्र युद्धको अत्य भएको घोषणा गर्दै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरपश्चात् २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादीका तीनवटा बिग्रेड मिलेर सातौँ डिभिजन भई कैलालीको मसुरियास्थित तालबन्द छिरेका थिए।

पूर्वलडाकु भन्छन्– जनयुद्ध लड्दा बर्बाद भइयो

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन्।

मुलुकको राजनीतिबाट निरास

लेकबेंसी नगरपालिका–९ का रमेश पौडेल १६ वर्षकै उमेरमा २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको ‘सशस्त्र जनयुद्ध’ मा सहभागी बने । द्वन्द्वका बेला भएका अधिकांश युद्धमोर्चामा उनले अग्रभागमा रहेर काम गरे । ‘मृत्यु’ वा ‘मुक्ति’ भन्दै आठ वर्षसम्म बन्दुक बोकेर सयौं युद्धमोर्चामा लडेका पौडेल अहिलेको देशको अवस्था देखेर निरास छन्।

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो । राज्य र माओवादी पक्षबाट प्रभावित परिवारलाई राहतबापत राज्य कोषबाट अहिलेसम्म १७ अर्ब ३४ करोड ९० लाख रुपैयाँ वितरण भइसकेको छ । तर शान्ति सम्झौता भएको १२ वर्ष हुँदासमेत द्वन्द्वबाट कति प्रभावित भए भन्ने राज्यसँग यकिन तथ्यांक छैन ।

प्रथम विश्वयुद्धको शतवार्षिकी समारोह: पुटिनको 'थम्ज अप' ट्रम्पलाई

विश्वका ६६ भन्दा बढी देशका नेताहरु पेरिसमा आयोजित प्रथम विश्वयुद्धको शतवार्षिकी समारोहमा सहभागी भएर दुइ मिनेटको मौनधारण गरेका छन्।

चीन, अमेरिका र व्यापार युद्ध

आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने भनेका थिए । यसले चीनलाई अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुने गथ्र्यो ।

उपचार खोज्दै द्वन्द्वपीडित राई

तत्कालीन माओबादी जनयुद्धताका बेला प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन्।

अमेरिकासँग व्यापार युद्ध : चीनले ‘दूरदर्शी’ मौद्रिक नीति ल्याउने

अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ।

दुर्इ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धि शुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेकाे घोषणा सोमबारदेखि लागू भएको छ। यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ।

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि

अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ।

दुई शताब्दी लामो रथयात्रा निकालिँदै

पाल्पामा दुई सय वर्ष पुरानो रथयात्राको तयारी तीव्र पारिएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो भगवती जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएकोले यसको तयारी तीव्र पारिएको छ।

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन्। सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ। सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ।

रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो। ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्