मौलिक विचारको खडेरी
भनिन्छ, अमेरिका चारपल्ट जन्मियो। ब्रिटेनबाट सन् १७७६ मा स्वाधीन हुँदा, सन् १७८७ मा संघका रूपमा पूर्ण बन्दा, सन् १८६१ मा सुरु भएको चार वर्षे गृहयुद्ध र त्यसपछिको राजनीतिक अग्निपरीक्षामा उत्तीर्ण हुँदा र सन् १९४१ मा गोला–बारुदको प्रतिस्पर्धामा सक्रिय सहभागी हुँदासम्म धेरै घात÷प्रतिघातले अमेरिका परिपक्व हुँदै गयो।