११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सेलेनाविरुद्ध हेलीको ‘वाक–युद्ध’

न्युयोर्क – गायिका सेलेना गोमेजले ‘लस यु टु लभ मी’ गीत सार्वजनिक गरेलगत्तै गायक जस्टिन बिबरसँगको बिदाईको संज्ञा दिइएको छ। उनले गीत रिलिज गरेको केही घन्टामा गायक बिबरकी श्रीमती मोडल हेली बल्डिविनले सामाजिक सञ्जाल इन्स्टाग्राम पेजमा समर वाकरको ‘आइ विल किल यु’ गीतको स्टोरी सेयर गरेकी छिन्।

सो गीतलाई उल्टो अर्थ लगाउँदै गायिका गोमेजको गीतमाथि व्यंग्य गरेकी छिन्। गायिका गोमेजले मोडल हेलीको प्रतिकार गर्दै सकारात्मक सोचलाई सबैले मनपराउने उल्लेख गरेकी थिइन्। ‘मैले जीवनमा भोगेको अनुभवका आधारमा गीत तयार भएको छ। यो गीतले सबैलाई आशावादी हुन प्रोत्साहित गरेको छ,’ उनले लेखेकी छिन्।

केही समयअघिसम्म विवाहित गायक बिबर गायिका गोमेजसँग भेट्न प्रयासरत रहेको समाचार बाहिरिएको थियो। कान्स फिल्म महोत्सवदेखि गायक बिबर गायिका गोमेजसँग भेट्न तत्पर देखिएको समाचार आएपछि मोडल हेलीले कुनै प्रतिक्रिया दिएकी थिइनन्।

डिप्रेसनको उपचार गराई रहेका गायक बिबर गायिका गोमेजलाई आफू कस्तो स्थितिबाट गुज्रिरहेको छु भनेर बताउन आतुर रहेको र उनीबाट सुझावको अपेक्षा गरिरहेका छन्। सन् २०१८ को मे महिनामा उतार चढावबाट गुजिरहेको बिबर र गोमेजको प्रेम सम्बन्ध ब्रेकअपमा गएर टुँगिएको थियो।

सोही वर्षको नोभेम्बरमा उनीहरूको ब्रेकअपलगत्तै बिबरले हेली विवाह गरेका थिए। त्यसअघि गायिका गोमेजले सन् २०१६ मा बिबरले आफूलाई धेरै पटक धोको दिइसकेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्। सेलेना गोमेज, माइली साइरस, एरियाना ग्रान्डी, रिटा ओरा र केन्डल जेनरसँग बिबरको नाम जोडिएको थियो।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App